Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले अध्यक्ष केपी र रबि एउटै मार्गमाः महासचिव भुसाल

bhusal-1682125987.PNG

९ बैशाख, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अराजकताको पछि लागेर मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् । 
नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७४ औं दिवसको अवसरमा नेकपा एस जिल्ला कमिटी मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता भेलामा उनले केपी ओली र रबि लामिछानेको पार्टी एउटै मार्गको भएको बताए । ‘उपनिर्वाचनको नतिजा के आउला त्यो प्रतिक्षाको विषय हो । 
रवि र केपी एउटै मार्गका हुन् । यो विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन’, उनले भने, ‘देशको विकासका बाधक केपी ओली हुन् । उनका मानस पुत्रका रुपमा रबि लामिछानेहरुको उदय भएको छ । यिनीहरुबाट मुलुकको विकास र समृद्धि कल्पना गर्नु गलत हुनेछ ।’ 
बाम यात्रामा केपी ओलीको कारण यो अवस्था आएको भन्दै महासचिव भुसालले ओलीसँग कुनै नीति, सिद्धान्त नभएको आरोप लगाए । यहाँ क्रियाशिल राजनीतिक दल र गठबन्धनबाटै मुुलकको स्थायित्व सम्भव भएको उनको भनाई थियो । 
मुलुकको विकासका निम्ति कृषिमा लगानी बढाउनु जरुरी रहेको उनको सुझाव थियो । भुसालले देशको अर्थतन्त्रको विकास गर्दै समाजवादको विस्तार गर्ने पार्टीको लक्ष्य रहेको बताए । 
नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका स्थायी कमिटी सदस्य विरोध खतिवडा, ललित बस्नेत, निर्वाचन कमिटी संयोजक माधव पौडेल, केन्द्रीय सदस्य मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्याङ्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार