१६ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर एक वडा कार्यलयले महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिमको सुरुवात गरेको छ ।
हेटौंडा वडा नम्बर १ को कार्यालयले लोप हुन लागेको बाजाको संरक्षणर प्रबद्र्धन गर्ने उदेश्यका साथ पञ्चेबाजा बजाउने तालिमको सुरुवात गरिएको वडा अध्यक्ष सविन न्यौपानेले बताएका छन्।
पञ्चेबाजा बजाउने तालिमको हेटौडाकी मेयर मिना कुमारी लीमाले शुक्रबार उद्घाटन गरेकि छिन्।उद्घाटनका क्रममा नगर प्रमुख लामाले पञ्चेबाजा लोप हुने अवस्थामा रहेकाले संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताइन् ।
उनले पञ्चेबाजा सिकेपछि महिलाहरुको आर्थिक आयआर्जनमा पनि सहयोग पुग्ने उनले बताइन् । वडाका २५ जना महिलालाई सहभागी गराएर पञ्चेबाजा तालिम सुरु गरिएको हो ।
परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको संख्या घट्दै गएको छ । युवापुस्ताहरु विदेशिने क्रम बढेको र पञ्चेबाजातर्फ युवापुस्ताको आकर्षण कम देखिएकाले महिलाहरुलाई बाजा बजाउन सिकाएर पञ्चेबाजा संरक्षण अभियानमा जोड्ने अभियान १ नम्बर वडाले लिएको हो । पछिल्लो समय आयातित बाजाले परम्परागत बाजा लोप हुने खतरामा पुगेको छ । ४५ दिनसम्म चल्ने तालिममा कालिटार नौमती बाजा समूहले २५ जना महिलाहरुलाई दैनिक २ घण्टाको दरले प्रशिक्षण दिनेछ । तालिमको लागि वडा कार्यालयले एकलाख ७० हजार रुपियाँ खर्चेको वडा सचिव शान्ता लौडारीले जानकारी दिइन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















