Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा अभिभावक शिक्षा कार्यक्रमको आयोजना

ddda-1682938997.PNG

१८, बैशाख, हेटौडा । हेटौडा–६ चौघडामा सोमवार अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरियो । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा महाशाखाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । 
कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयमा सरसफाई, स्वास्थ्यको ब्यवस्था राम्रो हुन नसकेको खानेपानी र खाजाको ब्यवस्था सोचे अनुसार नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका शिक्षक रविन्द्र कुमार गौतमले सहजीकरण गरेका थिए । घर विद्याथीको पहिलो पाठशाला भएकाले विद्यार्थीहरुले घरबाटै सहि संस्कार सिक्नु पर्ने, अभिभावकले आफना छोराछोरीहरु विद्यालय गए नगएको निगरानी गर्नु पर्ने, शिक्षक सँग निरन्रत परामर्श गर्नु पर्ने, विद्याथीको रुची अनुसारको काममा सहयोग गर्नु पर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो । 
हेटौडा–६ का वडा सदस्य लेखराज ढकालको प्रमुख आतिथ्यता एवम चौघडा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछाने, नवजीवन ज्योति क्लव, चौघडाका अध्यक्ष राजकुमार बास्तोला, बंशगोपाल माध्यमिक विद्यालय ब्यवस्थापन समिति सदस्य अमुना सापकोटा,सञ्चारकर्मी भीमसेन पौडेल, सिकाई केन्द्रकी सहजकर्ता नानीमाया रुम्बा, अभिभावक लगातको सहभागिता रहेको थियो । 
सिकाई केन्द्रले २०७१ सालदेखि हेटौडा उपमहानगरपालिकाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रम गर्दै आएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार