२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले आवश्यकता अनुसार कानून बनाउन र समयानुकुल परिमार्जन गर्न नसक्दा काम गर्न समस्या भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा बुधबार हेटौंडामा भएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पञ्चायतकालीन ऐन कानूनमा काम गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका हुन् ।
‘अहिले पनि हामी पञ्चायतकालमा बनेको कानून अनुसार काम गर्न बाध्य छौं । आवश्यकता अनुसार बनाउन र समयानुकुल परिवर्तन गर्न सकिरहेका छैनौं’, मन्त्री श्रेष्ठले भने, ‘सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि हामी तत्पर छौं ।’ बागमती प्रदेशमा सञ्चार क्षेत्रमा बजेट अपुग रहेको स्वीकार्दै उनले आगामी वर्षदेखि बढाउने आश्वासन दिए ।
बागमती प्रदेशका सञ्चार संस्थालाई व्यवस्थित बनाउँदै समस्या समाधानका लागि नेपालमै पहिलो पटक प्रदेशस्तरीय सञ्चार रजिष्ट्रारको कार्यालय निर्माण गराउँदै मन्त्री श्रेष्टले श्रजिवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिक नपाउनु भने दुःखद् भएको बताए ।
कार्यक्रममा प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले मिडिया मर्जलाई प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिए । गैरपत्रकारलाई प्रेस पास नदिने दावी गर्दै उनले पास वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने उनले बताए ।
यसअघि कार्यक्रममा सहभागी पत्रकारहरुले संघीयतापछि पत्रकारिता क्षेत्र थप कमजोर बनेको, गैरपत्रकारले सञ्चार रजिष्ट्रार कार्यालयबाट प्रेस पास लिने गरेको, जिल्ला तहका सञ्चार माध्यमलाई जगेर्ना गर्ने नीति नभएको, पहुँचको आधारमा कार्यक्रम तथा विज्ञापन वितरण गर्ने गरिएको लगायतका विषय उठान गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















