२१ बैशाख, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् ।
बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको जाँच, जनरल स्वास्थ्य परीक्षण, गर्भवती महिलाको भिडियो एक्सरे सेवालगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा कैलाश अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सन्तोष शाह, हेटौंँडाबाट लगिएको दन्तरोग विशेषज्ञ मोहम्मत करिम आलमलगायत स्वास्थ्य टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
शिविरमा आरती फार्मेसी हेटौंडाले दन्तरोग विशेषज्ञसहित औषधि सहयोग गरेको थियो । कैलाश ५ का वडाध्यक्ष छेकु लामाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविर उद्घाटनमा बोल्दै अध्यक्ष मुक्तानले विकट गाउँमा रहेका स्थानीयलाई गाउँघरमै उपचार सेवा प्रदान गर्न शिविरको आयोजना गरिएको बताए । सामान्य रोग लाग्दा पनि धेरै खर्च गरेर हेटौंडा वा पालुङको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविरको आयोजना गरेको उनको भानाई थियोे ।
गाउँपालिकाले चालु वर्षमो साविकको गाविस केन्द्रको ४ स्थानमा शिविरको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख जगन्नाथ शाहले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गोगने स्वास्थ्य चौकी प्रमुख सुनिता कुमारी गोलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















