२४ बैशाख, हेटौंडा । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको अध्यक्षमा पुनः यमबहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न युनियनको ७ औं जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियनको उपाध्यक्ष (खुला तर्फ) ठाकुरप्रसाद चौलागाईं, उपाध्यक्ष (महिला) सरस्वती श्रेष्ठ, उपाध्यक्ष (सेवा तर्फ) राजु घले, उपाध्यक्ष (उत्पादन क्षेत्र तर्फ) कुलप्रसाद ढकाल, उपाध्यक्ष (अनौपचारिक क्षेत्र तर्फ) खलिल मियाँ अन्सारी चयन भएका छन् ।
यस्तै नयाँ कार्यसमितिको सचिवमा माधवप्रसाद गौतम, सहसचिवमा आशिष न्यौपाने र देविज् थापा मगर, कोषाध्यक्षमा सुनिल कोइराला र सहकोषाध्यक्षमा भावना थापा चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी सदस्यहरुमा अर्जुन देवकोटा, दुर्गाबहादुर स्याङ्बो, मनोज खतिवडा, रोशन गोले, हर्कबहादुर पाख्रिन, मनिता गोले मोक्तान, सीताकुमारी अधिकारी, बन्दना बानियाँ र विमला परियार चयन भएका छन् भने युवा समितिको अध्यक्षमा राम गुरुङ र महिला समितिको अध्यक्षमा संगीता राई चयन भएका छन् ।
ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनले ४ वर्षीय कार्यकालका लागि नेतृत्व चयन गरेको हो । अध्यक्षमा चयन भएका श्रेष्ठले श्रमिकको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन र पार्टीको विधान बमोजिम अघि बढ्ने बताएका छन् ।
अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















