Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ट्रेड युनियन कांग्रेस मकवानपुरमा पुनः यमबहादुर श्रेष्ठ

eear-1683421520.JPG

२४ बैशाख, हेटौंडा । नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरको अध्यक्षमा पुनः यमबहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न युनियनको ७ औं जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 
युनियनको उपाध्यक्ष (खुला तर्फ) ठाकुरप्रसाद चौलागाईं, उपाध्यक्ष (महिला) सरस्वती श्रेष्ठ, उपाध्यक्ष (सेवा तर्फ) राजु घले, उपाध्यक्ष (उत्पादन क्षेत्र तर्फ) कुलप्रसाद ढकाल, उपाध्यक्ष (अनौपचारिक क्षेत्र तर्फ) खलिल मियाँ अन्सारी चयन भएका छन् ।
यस्तै नयाँ कार्यसमितिको सचिवमा माधवप्रसाद गौतम, सहसचिवमा आशिष न्यौपाने र देविज् थापा मगर, कोषाध्यक्षमा सुनिल कोइराला र सहकोषाध्यक्षमा भावना थापा चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
यसैगरी सदस्यहरुमा अर्जुन देवकोटा, दुर्गाबहादुर स्याङ्बो, मनोज खतिवडा, रोशन गोले, हर्कबहादुर पाख्रिन, मनिता गोले मोक्तान, सीताकुमारी अधिकारी, बन्दना बानियाँ र विमला परियार चयन भएका छन् भने युवा समितिको अध्यक्षमा राम गुरुङ र महिला समितिको अध्यक्षमा संगीता राई चयन भएका छन् । 
ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनले ४ वर्षीय कार्यकालका लागि नेतृत्व चयन गरेको हो । अध्यक्षमा चयन भएका श्रेष्ठले श्रमिकको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन र पार्टीको विधान बमोजिम अघि बढ्ने बताएका छन् । 
अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, जिल्ला उपसभापति आनन्द कठायत, नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार