Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताको सम्बृद्धिको आकांक्षा पुरा गर्न दलहरु चुकेको डा. भट्टराईको दावी

ddda-1683475494.JPG

२४ बैशाख, हेटौंडा । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना दलहरुले ठुला राजनितिक परिवर्तन गरे पनि जनताको तिव्र विकास र सम्बृद्धिको आकांक्षा पुरा गर्न नसक्दा नयाँ विकल्पहरु अगाडी आएको बताएका छन् ।
आइतबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि त्यसको जगमा उभिएर जनतालाई सुशासन, विकास र सम्बृद्धि दिनुपर्नेमा प्रमुखदलहरु चुकेको बताए ।
उनले पछिल्लो चरणमा जनताको अवस्था परिवर्तन गर्न भएको ढिलाईको कारण बढेको बिकृतिर विसंगतीले नयाँ शक्तिहरु जन्मिएको दावी गरे । डा. भट्टराईले ती शक्तिहरु अहिले देखिएको खाली ठाउँमा भरिन आईपुगे. पनि उनीहरुसँग भएको उदेश्य सहि नभएको आरोप लगाए । 
उनले तत्काल जनतामा भ्रम छर्ने र जनतालाई गलत दिशामा मोड्ने प्रवृतिले देशमा  झन खतरा बढ्ने र देश झनै ठूलो खाड्लमा जाने दावी गरे ।
पूर्व प्रधानमन्त्री भट्टराईले वर्तमान संकटको समाधान समान्य ढंगबाट नहुने दावी पनि गरे । उनले वर्तमान समस्या समाधानको लागी परिवर्तनपछि पनि निरन्तर रहेको संरचनागत र संस्थागत परिवर्तन आवस्यक रहेकोमा जोड दिए । उनले अहिलेको संकट समाधानको लागी सबै मिलेर समाधान गर्न तर्फ लाग्नुपर्ने पनि बताए ।
एक अर्को प्रशंगमा पूर्व प्रधानमन्त्री भट्टराईले पछिल्लो समय देशमा देखिएको नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानविन गर्नुपर्ने बताए । उनले विभिन्न समयमा देशमा यस्तौ थुप्रै प्रकरणहरु रहेका बताउँदै सबैको उचित ढंगबाट छानविन गरेर निश्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार