२५ बैशाख, हेटौंडा । हेटौंडामा आगामी जेठ ५ गते बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्यु प्रतियोगिता हुने भएको छ ।
हेटौंडाउपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा हुने प्रदर्शनी तथा प्रतियोगिताको बारेमा सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा स्थानीय स्तरमा उत्पादित बस्तुको प्रदर्शनी गरिने ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । वडा अध्यक्ष सिग्देलले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नगरभित्रका टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका बस्तुहरुको प्रदर्शनी मार्फत प्रवर्द्धन गरिने बताए ।
उनले प्रदर्शनीमा कुनै शुल्क नलाग्ने बताए । ‘सम्पूर्ण व्यवस्थापन आयोजकले गर्छ । उहाँहरुले आफ्ना उत्पानहरु ल्याएर प्रदर्शन मात्रै गरे पुग्छ ।’उनले प्रदर्शनीमा उत्कृष्ट हुने उत्पादनलाई पुरस्कृत समेत गर्ने बताए । अध्यक्ष सिग्देलले प्रदर्शनीमा सहभागी मध्ये प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र सान्त्वना हुने दुई जनालाई ५÷५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।
अध्यक्ष सिग्देलका अनुसार प्रदर्शनीसँगै सोहि दिन समूहगत नृत्य प्रतियोगिताको हुने छ । प्रतियोगितामा १९ वटै वडाबाट ५ देखि १५ जनासम्म सदस्य भएको समूहले नृत्य प्रतियोगितामा भाग लिन पाउँने छन् ।
गीतसंगीतका माध्यमबाट राष्ट्रियता उजागर गर्ने उद्देश्यले स्वदेशी मौलिक भाषा, सांस्कृतिक र परम्परा झल्किनेगरि नृत्य प्रतियोगिता गर्न लागिएको उनले बताए । उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार र सान्त्वना हुने दुईवटा समूहलाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।
यस्तै उक्त दिन चर्चित लोकदोहरी गाएक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने पनि अध्यक्ष सिग्देलले बताए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















