२५ बैशाख, हेटौंडा । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडामा प्रदेश स्तरीय नीति निर्माताहरूसंग सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ ।
बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको प्रमुख आतिथ्यता एवं निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख सचिव निरौलाले छोरा नै चाहिन्छ भन्ने गलत धारणाका कारण असुरक्षित गर्भपतन भइरहेको भन्दै छोराछोरी नभई सन्तान भन्ने धारणा अभिवृद्धि गर्नुपर्ने बताए । उनले नीतिगत सुधार, सचेतना अभिवृद्धि र शैक्षिक पाठ्यक्रममा यसबारे समावेश गर्नुपर्ने बताए । उनले भ्रुण पहिचान गरि गरिने गर्भपतनलाई रोक्न स्वास्थ्यकर्मीहरू लाग्नुपर्ने बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरबिक्रम थापाले सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान अभिवृद्धिका लागि पाठ्यक्रममा समावेश गर्नु पर्ने वताउँदै आवश्यकताका आधारमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । यसलाई आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसंग जोडेर लैजानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश लोकसेवा आयोगका सदस्य शर्मिला न्यौपानेले सुरक्षित गर्भपतनसम्बन्धी धारणा विगतको तुलनामा सचेतना अभिवृद्धि भएको बताउँदै सुरक्षित गर्भपतनसम्बन्धी अधिकारबारे प्रचारप्रसार अझ बढाउनु जरुरी रहेको बताईन् ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले सुरक्षित गर्भपतनसम्बन्धी कानूनलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताइन् । उनले जनचेतना अभिबृद्धीका लागि थप काम गर्नुपर्ने बताईन् ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशाशक सतिस विष्टले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















