२६ बैशाख, हेटौंडा । बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तिन होटल कारवाहिमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्र रहेको होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तिन होटललाई कारवाहि गरेको हो । कारवाहिमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् ।
श्रम कार्यालयका हेटौंडाका अनुसार कारवाहि अनुसार धादिङले ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफेले १५ बर्षिय बालक र गण्डकीले १६ बर्षिय बालिकालाई काममा लगाएको भन्दै ३÷३ हजार रुपियाँ जरीवाना तिरेका छन् । श्रम कार्यालय जरीवाना तिर्दै उनिहरुले आगामि दिनमा होटलका वालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।
आगामि मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीमा रहँदा बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्धार गरीएको थियो । उद्धार गरीएका मध्य एक जना जन्मदर्ताका आधारमा परिवारमा पुर्नस्थापना भएका छन् भने अन्य तिन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको हो ।
उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुर्न स्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका बिभिन्न तिन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको थियो ।
अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।
बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समुहको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर प्रयोग गर्न पाउने प्राबधान भएपनि उनिहरुलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेका ३ महिना कैद वा ५० हजार रुपियँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।
उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेका छन् । उनिहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धीत ठाउँमा जानकारी गराइसकेको बताइएको छ । यदी बालश्रमको प्रयोग भएको पाइएमा उद्दार र जरीवाना सहित कानुनी कारवाही गरीने उपमहानगरले जनाएको छ । उपमहानगरले बाल मैत्री पालिका घोषणाको लागि थालेको तयारीमा सबैलाई सहकार्यको लागि आवहन गरेको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















