२६ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ कल्याणटारमा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समिति मंगलवार देखि हेटौडा खानेपानी ब्यवस्थापन बोर्डमा गाभिएको छ ।
हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको उपस्थितिमा हेटौडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईले खानेपानी समितिको सम्पूर्ण कागजपत्र हस्तान्तरण गरेका थिए ।
हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईको सभाध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
हस्तान्तरण कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, निवर्तमान वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा, बोर्ड सदस्य कृष्ण धिताल, ईन्द्र नेपाल, पूर्व वडा सदस्य रामहरि राई, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
उपमहानगरपालिकाको १९ वडा मध्ये हाल १६ वटा वडाहरुमा खानेपानीको सेवा विस्तार गरेको र १९ वटै वडाहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक सापकोटाले बताए । २३ हजार ३ सय सेवाग्राही रहेको बोर्डले दैनिक १ करोड ९० लाख लिटर पानी वितरण गरिरहेको अध्यक्ष प्रताप बिष्टले बताए ।
कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समितिमा १ सय ४ जना सदस्य रहेको र हाल समितिमा ८० घरधुरी क्रियाशिल रहेको उपभोक्ता समितिले जनाएको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















