२६ बैशाख, हेटौंडा । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा मंगलबारबाट ११९ जना प्राविधिक खटाएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो ।
राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका स्वयंसेवकहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर तोकिएको स्थानीय तहमा खटाइएको हो । प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर प्राविधिकका लागि आवेदन माग गरेको थियो ।
एक हजार ५ सय जनाले स्वयम्सेवकको रुपमा काम गर्नका लागि आवेदन दिएकोमा ११९ जना छनौटमा परेका थिए । प्रदेश युवा परिषद्ले स्टाफ नर्स, कृषि तथा भेटिनरी प्राविधिक, ल्याब असिस्टेन्ट, अहेव, अनमी लगायतका प्राविधिक स्वमय्सेवकको माग गरेको थियो ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यसलाई सेवा गर्ने मौकाको रुपमा बुझ्दै उत्कृष्ट ढंगले काम गर्न आग्रह गरिन् । खटिएका स्थानीय तहमा राम्रो सेवा गरेर जनताको मन जित्न उनले स्वयम्सेवकहरुलाई अनुरोध गरिन् ।
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले गुनासो नआउने गरी काम गर्न अनुरोध गरे । ‘युवाहरु प्रति यो समाजले नै धेरै आशा राखेको हुन्छ’, ‘स्थानीय तहमा पुगेर आशाको किरण जगाउने गरी काम गरेर देखाउनुहोला ।’ उनले भने ।
्युवाहरुको लागि यो क्षमता देखाउने यो पहिलो अवसर भएको जानकारी दिँदै उनले सोही अनुसार काम गर्न सुझाव दिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















