Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाल जागृतिका शिक्षकद्वारा विद्यार्थीलाई पोशाक सहयोग

Screenshot_20230509_21133-1683646786.jpg

२६ बैशाख, काठमाडौं । हेटौंडा-६ गौरीटारमा रहेको बाल जागृति युवा वर्ष माध्यामिक विद्यालयका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षकहरुले आफ्नो तलबबाट कटाएर पोशाक वितरण गरेका हुन् । 
शिक्षकहरुले ३ कक्षासम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दाहालले विद्यालयलाई वडा कार्यालयले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालय र विद्यार्थीलाई आवश्यकता पर्दा वडा कार्यालय सदैव साथमा रहेको उनले धारणा राखे । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना अधिकारीले सहयोगको शुरुवात आफैंबाट भन्ने उद्धेश्यले शिक्षकहरुबाट विद्यार्थीहरुलाई सहयोग गरिएको बताइन् । विद्यार्थी र शिक्षकको सम्बन्ध सुदृढ बनाउन यस्ता खालका कामले थप सहयोग पुग्ने उनले बताइन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु लाई आवश्यकताको आधारमा आगामी दिनमा पनि सहयोग गर्ने र सहयोगी हातहरुलाई पनि विद्यालय सम्म ल्याउने वातावरण बनाउने प्रधानाध्यापक अधिकारीको धारणा छ । 
कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, लेखराज ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष लोकनाथ चौलागाई, विद्यालयका सल्लाहकार शिव प्रसाद खनाल लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार