Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनद्वारा छात्रवृति वितरण

dd-1683892846.jpg

२९ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार छात्रवृति वितरण गरेको छ । समूहको चालु आव.०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति वितरण गरेको समूहले जनाएको छ । 
समूहले बंशगोपाल माध्यमिक विद्यालय हेटौडा–६ चौघडामा कक्षा ९ मा अध्ययनरत अस्ना राई, कक्षा १० मा अध्ययनरत विनिशा राई, भानु माध्यमिक विद्यालय, गढी–३ मक्रान्चुलीमा कक्षा ११ मा अध्ययनरत निकिता ढकाल र मनिषा घिसिङलाई जनही ५ हजारका दरले छात्रवृति वितरण गरिएको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले बताईन । 
कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले रानी सामुदायिक वनले वनको संरक्षणसँगै शैक्षिक क्षेत्रको विकासमा राम्रो काम गर्दै आएको बताए । सामुदायिक वनले सामाजिक कार्य, वन तथा वातावरण र स्वास्थ्य क्षेत्रमा समेत राम्रो काम गरेर उदाहरणीय बन्न सफल भएको वडाध्यक्ष दाहालले बताए । 
समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रम हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे, समूहका सल्लाहकार कृष्ण बिडारी, रक्षादेवी टोल विकास संस्था अध्यक्ष रमेश कुमार बानियाँ, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, लगनशिल महिला समूहकी  अध्यक्ष जोगमाया राई, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी सचिव नानीमाया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल, कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता थियो ।
समूहले प्रत्येक वर्ष समूहको सेवा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत उपभोक्ताहरुका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार