२९ बैशाख, मनहरी । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ ।
सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छाएको बताउँदै पार्टीको विधान र देशको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आवश्यक रहेको बताए ।
मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका अतुलनीय रहेको बताउँदै नेता बानियाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले जनताको विकासनिर्माणमा दृढ भएर लाग्न निर्देशन दिंदै नगरे जनतालाई खबरदारी गर्न सुझाव दिए ।
नेता बानियाँले विगतमा भएको कमीकमजोरीको समीक्षा गर्दै कांग्रेसले आफूले गरेको विकासनिर्माण र समाज रुपान्तरणमा खेलेको भूमिका बारे जनतामा बुझाउँदै संगठन विस्तारमा लाग्न निर्देशन पनि दिए ।
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा विशेष अतिथि कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका जिल्ला सदस्य चन्द्रबहादुर न्यौपाने, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती लगाएतकाले बोेलेका थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिद्वय ठाकुर तितुङ र शंकर न्यौपाने, कांग्रेस मनहरी गापा सचिव हरिचन्द्र शाही ठकुरी, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ, लोकतान्त्रिक जनजाति संघका अध्यक्ष पदम तितुङ, कांग्रेस मनहरी १ का सभापति मनोहरी उप्रेती, पुराना नेता खुलबहादुर नगरकोटीलगायतले पार्टीमा उठेका गुनासा, पार्टी सुदृढीकरण, निर्वाचनपछि पार्टीको अवस्था र भावी रणनीतिका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनहरी शाखाका नवनिर्वाचित सभापति मोहन कार्कीलाई सम्मान गरिएको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















