Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राक्सिराङको विकट गाउँमा अंग्रेजी माध्यमबाट पढाई सुरु

angregi-1683893604.jpg

२९ बैशाख, राक्सिराङको । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । 
पालिकाको पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो ।    शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँसमेतको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको हो । 
अंग्रेजी माध्यमबाट पढाईको उद्घाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र संघीयताले शिक्षाको विकासमा ठूलो योगदान पुगेको बताए । शिक्षाले गाउँगाउँमा धेरै फड्को मारिरहेको भन्दै उनले अवस्था र व्यवस्था चुस्तदुरुस्त बनाउन तथा विका सनिर्माणमा फड्को मार्नसमेत शिक्षा अपरिहार्य रहेको बताए । शिक्षामा सुधार तथा विद्यालयको भवन निर्माण तथा शैक्षिक सामाग्रीका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा, ३ नम्बर वडाध्यक्ष उत्तम वाईबा, जनप्रिय प्राविका प्रअ बलराम शाह ठकुरी, विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ सय जना विद्यार्थी रहेको सूर्यदय माविमा ९ र १० कक्षामा बाली विज्ञान अध्ययन हुने गर्दछ । हाल ८० जनाले बाली विज्ञान अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार