Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिको ध्यान जानुपर्नेः वडा अध्यक्ष सिग्देल

nabin-1684021535.jpg

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन शिग्देलले शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिहरुले ध्यान दिन पर्ने र स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । 
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को व्यवस्थापन नवोदय माविमा भएको १ दिने  १ देखि ५ कक्षाको एकीकृत पठ्यक्रम २०७६ को प्रवोधिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
वडा अध्यक्ष सिग्देलले नगरलाई समृद्व र उत्कृष्ट बनाउन पहिलो काम शिक्षालाई उत्कृष्ट बनाउनु पर्ने बताए । उनले भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी उत्पादनसम्बन्धि क्रियाकलाप व्यापक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा शैक्षिक सुधार समिति, हेटौँडा ४ का संयोजक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयको माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेको बताए । 
कार्यक्रममा वडाले शैक्षिक सुुधारको लागि गरेको विभिन्न गतिविधि र भावी योजनाबारे समेत जानकारी गराईएको थियो । वडाका ८ वटा विध्यालयका ७० जना शिक्षक सहभागी भएको प्रवोधिकरण कार्यक्रममा राम सागर गुरागाईँले सामाजिक, बेदराज कोईरालाले नेपाली, दीपक अधिकारीले गणित, सुर्य घिमिरे अंग्रेजी र सुवास खनालले बिज्ञान बिषयकाबारेमा प्रशिक्षण दिएकाछन् ।
कार्यक्रममा सञ्चारकर्मी तथा प्राध्यापक सुरेश श्रेष्ठ, आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिम, सदस्य रेणुका फूँयाल, भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पोखरेल, वडा सचिव टीका कंडेलको आथित्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार