३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन शिग्देलले शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधिहरुले ध्यान दिन पर्ने र स्थानीय तहले शिक्षामा प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को व्यवस्थापन नवोदय माविमा भएको १ दिने १ देखि ५ कक्षाको एकीकृत पठ्यक्रम २०७६ को प्रवोधिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
वडा अध्यक्ष सिग्देलले नगरलाई समृद्व र उत्कृष्ट बनाउन पहिलो काम शिक्षालाई उत्कृष्ट बनाउनु पर्ने बताए । उनले भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी उत्पादनसम्बन्धि क्रियाकलाप व्यापक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अध्यक्ष तथा शैक्षिक सुधार समिति, हेटौँडा ४ का संयोजक श्रीराम दाहालले निरन्तर क्रियाकलाप, प्रतिस्पर्धा र समन्वयको माध्यमद्वारा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न समिति लागिपरेको बताए ।
कार्यक्रममा वडाले शैक्षिक सुुधारको लागि गरेको विभिन्न गतिविधि र भावी योजनाबारे समेत जानकारी गराईएको थियो । वडाका ८ वटा विध्यालयका ७० जना शिक्षक सहभागी भएको प्रवोधिकरण कार्यक्रममा राम सागर गुरागाईँले सामाजिक, बेदराज कोईरालाले नेपाली, दीपक अधिकारीले गणित, सुर्य घिमिरे अंग्रेजी र सुवास खनालले बिज्ञान बिषयकाबारेमा प्रशिक्षण दिएकाछन् ।
कार्यक्रममा सञ्चारकर्मी तथा प्राध्यापक सुरेश श्रेष्ठ, आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिम, सदस्य रेणुका फूँयाल, भुटनदेवी माविका प्रअ माधव दाहाल, आधुनिक माविका सप्रअ मालती पोखरेल, वडा सचिव टीका कंडेलको आथित्यता रहेको थियो ।
२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...
२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...
२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...
२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...
२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...
२३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...
२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...