Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमतीमा कांग्रेसलाई थप तीन मन्त्रालयको जिम्मेवारी

Congress-1684198823.jpg

२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रि विहिन ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसले पाएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएपछि कांग्रेसले ५ वटा मन्त्रालय पाएको छ । मन्त्री लामालाई आर्थिक मामिला तथा योजना मन्त्रलयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
प्रदेश प्रमुख शर्माको कार्यलयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएको जानकारी गराएको छ । ११ वटा मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्रिहरु नियुक्त भएका छन् । बाँकी ५ वटा मन्त्रालयको जिम्मेवारी स्वयं मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्दै आएका थिए । 
मुख्यमन्त्री जम्कट्टेलले ३ मन्त्रालयको जिम्मेवारी आर्थिक मामिला मन्त्री लामालाई दिएपनि अझै २ मन्त्रालय मन्त्री विहिन छन् । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै पनि मन्त्री नियुक्त हुन सकेका छैन् । ती दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै सम्हालिरहेका छन् । 
सत्ता गठबन्धनमा एकीकृत समाजवादी सहभागी भएपनि मन्त्रालय भने पाएको छैन । गठबन्धन दलहरु भित्रै मन्त्रालयको भागवण्डा नमिल्दा अहिलेसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको छैन । 
 

ss-1684198911.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार