२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रि विहिन ३ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार दल कांग्रेसले पाएको छ । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएपछि कांग्रेसले ५ वटा मन्त्रालय पाएको छ । मन्त्री लामालाई आर्थिक मामिला तथा योजना मन्त्रलयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेश प्रमुख शर्माको कार्यलयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिएको जानकारी गराएको छ । ११ वटा मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्रिहरु नियुक्त भएका छन् । बाँकी ५ वटा मन्त्रालयको जिम्मेवारी स्वयं मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्दै आएका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले ३ मन्त्रालयको जिम्मेवारी आर्थिक मामिला मन्त्री लामालाई दिएपनि अझै २ मन्त्रालय मन्त्री विहिन छन् । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै पनि मन्त्री नियुक्त हुन सकेका छैन् । ती दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलले नै सम्हालिरहेका छन् ।
सत्ता गठबन्धनमा एकीकृत समाजवादी सहभागी भएपनि मन्त्रालय भने पाएको छैन । गठबन्धन दलहरु भित्रै मन्त्रालयको भागवण्डा नमिल्दा अहिलेसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको छैन ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















