२ जेठ, हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा भएको अन्तर जेसीज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने प्रथम भएका छन् । हेटौंडा जेसीजका महासचिव रहेका उनले अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै विजयी भएका हुन् ।
प्रतियोगितामा सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद एक हजार ५ सय, एक हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरे । प्रथम भएका न्यौपानेले जेसीजको सदस्यता नविकरण वापतको ३ हजार रुपैयाँ शुल्क समेत छुट प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी १० जनाले सकारात्मक दृष्टिकोणको लागि युवा नेतृत्व भन्ने विषयमा बोलेका थिए । सन्जयकुमार न्यौपानेको संयोजकत्व एवम् हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा जेसीज वर्ष सन् २००१ का अध्यक्ष धर्मकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु कविन सांगामी, अन्जनीकुमार पराजुली र कुशकुमार रिजालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन वक्तृत्वकला प्रतियोगिता भएको हो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















