Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बजेट निर्माणमा दलहरुसँग उपमहानगरको सुझाव माग

hetauda-1684202044.JPG

२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८० का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ । 
उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय, प्राथमिकताका कार्यक्रम र आवश्यकतालाई मध्यनजर गर्दै सुझाग मागेको छ । सम्भवतः उपमहानगरले बजेट निर्माणको पूर्वसन्ध्यामा पहिलो पटक दलहरुसँग सुझाव मागेको हो । 
सोमबार भएको छलफलमा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले नगर बनाउने कुरामा हातेमालो गर्न आग्रह गरेकी छन् । विकासका काममा सबै लागिरहेको छ भन्ने सन्देश दिनका लागि पनि आवश्यक समन्वय र सहकार्य खोजेको लामाले बताइन् । 
बजेट निर्माणमा तीनै तहको सरकारदेखि जिल्लाका पालिकाहरुबीच पनि सहकार्य र अपनत्व रहनुपर्नेमा जोड दिइन् । १० जेठभित्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको लामाले जानकारी दिएकी छन् । 
हेटौंडाको मुख्य सडक दायाँबायाँ २५÷२५ मिटर सडक विस्तारमा पनि दलहरुबीच एकरुपता आवश्यक रहेको लामाले उल्लेख गरेकी छतन् । उनले नगरको सुन्दरताका लागि पनि न्योचित ढंगबाट सडक विस्तार गर्नुपर्ने आवश्यक रहेको र जसका लागि साथ र समर्थन चाहिने दलहरुसँग आग्रह गरिन् । उनले प्रदेशको राजधानी स्थायित्वका लागि पनि उपमहानगरले काम गरिरहेको बताएकी छन् । 
लामाले प्रदेश राजधानी भएकाले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा २०० विगाहा प्रदेश सरकारलाई उपलब्ध गराउन सहकार्य गरेको जानकारी गराएकी थिइन् ।
छलफलमा सहभागी दलहरुले पनि नगरको मुहार फेरिने गरी आवश्यकताका आधारमा बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद एकालाल श्रेष्ठले आर्थिक परिस्थिति संकट पुर्ण रहेको भन्दै उपमहानगरमा राजश्व श्रोतको दायरा बढाउने गरी खोजी गर्न सुझाव दिए । कालोपत्रे सडक निर्माणमा जोड दिन उनले आग्रह गरे । 
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गौरवको योजना बनाउन लाग्नु पर्नेमा जोड दिए । पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्दै लामाले आन्तरिक राजस्व वृद्धि, सार्वजनिक जमिन उपभोगमा कर लगाउनु पर्ने, मासु ऐन र सार्वजनिक शौचालय निर्माणमा ध्यान दिन जरुरी रहेको लामाले बताए ।
नेकपा एमालेका नेता राजन थापाले पर्यापर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले स्ल्याब ढलानले अत्याधिक तापक्रम बढाएको भन्दै विकल्प खोज्नु पर्ने बताएका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका अध्यक्ष भरत पराजुलीले शिक्षा, स्वास्थ्य र कृषिको पाटोमा ध्यान दिन आग्रह गरे । रोजगारी सृजा गर्ने कार्यमा पनि सोच्नुपर्ने उनको भनाई छ । हेटौंडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने पराजुलीले बताए ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्षसमेत रहेका राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले गौरबको योजना बनाएर अघि बढ्नुपर्ने बताए । शिक्षाको मुल्यांकन गर्दै शिक्षामा अपनत्व हुने गरि योजना बनाउनुपर्ने बताए । विद्यालय मर्ज गरेर व्यस्थित बनाउन आवश्क रहेको दाहालले बताए । 
राजनीतिक दलहरुले सार्वजनिक शोैचालय बालमैत्री, शारिरिक अशक्त मैत्री हुनुपर्ने, हेटौंडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, २५ मिटर सडक विस्तार गर्नुपर्ने, अस्पतालको व्वस्थापनमा ध्यान दिनुपर्नेलगायतका सुझाव उपमहानगरलाई दिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार