Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बजेट निर्माणमा दलहरुसँग उपमहानगरको सुझाव माग

hetauda-1684202044.JPG

२ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८० का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ । 
उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय, प्राथमिकताका कार्यक्रम र आवश्यकतालाई मध्यनजर गर्दै सुझाग मागेको छ । सम्भवतः उपमहानगरले बजेट निर्माणको पूर्वसन्ध्यामा पहिलो पटक दलहरुसँग सुझाव मागेको हो । 
सोमबार भएको छलफलमा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले नगर बनाउने कुरामा हातेमालो गर्न आग्रह गरेकी छन् । विकासका काममा सबै लागिरहेको छ भन्ने सन्देश दिनका लागि पनि आवश्यक समन्वय र सहकार्य खोजेको लामाले बताइन् । 
बजेट निर्माणमा तीनै तहको सरकारदेखि जिल्लाका पालिकाहरुबीच पनि सहकार्य र अपनत्व रहनुपर्नेमा जोड दिइन् । १० जेठभित्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको लामाले जानकारी दिएकी छन् । 
हेटौंडाको मुख्य सडक दायाँबायाँ २५÷२५ मिटर सडक विस्तारमा पनि दलहरुबीच एकरुपता आवश्यक रहेको लामाले उल्लेख गरेकी छतन् । उनले नगरको सुन्दरताका लागि पनि न्योचित ढंगबाट सडक विस्तार गर्नुपर्ने आवश्यक रहेको र जसका लागि साथ र समर्थन चाहिने दलहरुसँग आग्रह गरिन् । उनले प्रदेशको राजधानी स्थायित्वका लागि पनि उपमहानगरले काम गरिरहेको बताएकी छन् । 
लामाले प्रदेश राजधानी भएकाले प्रादेशिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा २०० विगाहा प्रदेश सरकारलाई उपलब्ध गराउन सहकार्य गरेको जानकारी गराएकी थिइन् ।
छलफलमा सहभागी दलहरुले पनि नगरको मुहार फेरिने गरी आवश्यकताका आधारमा बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद एकालाल श्रेष्ठले आर्थिक परिस्थिति संकट पुर्ण रहेको भन्दै उपमहानगरमा राजश्व श्रोतको दायरा बढाउने गरी खोजी गर्न सुझाव दिए । कालोपत्रे सडक निर्माणमा जोड दिन उनले आग्रह गरे । 
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गौरवको योजना बनाउन लाग्नु पर्नेमा जोड दिए । पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्दै लामाले आन्तरिक राजस्व वृद्धि, सार्वजनिक जमिन उपभोगमा कर लगाउनु पर्ने, मासु ऐन र सार्वजनिक शौचालय निर्माणमा ध्यान दिन जरुरी रहेको लामाले बताए ।
नेकपा एमालेका नेता राजन थापाले पर्यापर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले स्ल्याब ढलानले अत्याधिक तापक्रम बढाएको भन्दै विकल्प खोज्नु पर्ने बताएका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका अध्यक्ष भरत पराजुलीले शिक्षा, स्वास्थ्य र कृषिको पाटोमा ध्यान दिन आग्रह गरे । रोजगारी सृजा गर्ने कार्यमा पनि सोच्नुपर्ने उनको भनाई छ । हेटौंडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने पराजुलीले बताए ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्षसमेत रहेका राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले गौरबको योजना बनाएर अघि बढ्नुपर्ने बताए । शिक्षाको मुल्यांकन गर्दै शिक्षामा अपनत्व हुने गरि योजना बनाउनुपर्ने बताए । विद्यालय मर्ज गरेर व्यस्थित बनाउन आवश्क रहेको दाहालले बताए । 
राजनीतिक दलहरुले सार्वजनिक शोैचालय बालमैत्री, शारिरिक अशक्त मैत्री हुनुपर्ने, हेटौंडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, २५ मिटर सडक विस्तार गर्नुपर्ने, अस्पतालको व्वस्थापनमा ध्यान दिनुपर्नेलगायतका सुझाव उपमहानगरलाई दिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार