Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश युवा परिषदले युवा लक्षित प्रभावकारी र परिणाममुखी कार्यक्रम गर्ने

yuba-1684373229.JPG

४ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम तय गर्ने गरी बागमती प्रदेश युवा परिषद्को बोर्ड बैठक बुधबार बसेको छ । बैठकको अध्यक्षता बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको अध्यक्षतामा बसेको हो । 
बैठकले साढे १४ करोड रुपैयाँ बराबरको बजेटसहित विविध कार्यक्रमहरु प्रस्ताव गर्ने निर्णय गरेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । 
चालु आर्थिक वर्षमा परिषद्को बजेट साढे ५ करोड रुपैयाँ रहेको थियो । बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश युवा परिषद्मा शिक्षा र तालिमका कार्यक्रमहरु, शिक्षा र कल्याण, युवा सशक्तीकरण, साँस्कृतिक, साहित्यिक र कलाको संरक्षण र सम्बर्धनका विषयहरुलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।
यस्तै खेलकुद मनोरन्जन, दिगो विकासका कार्यक्रम, नागरिक संलग्नता तथा स्वयंसेवा कार्यक्रम एवम् विपद व्यवस्थापन, प्रविधि र नवप्रवर्तन, वित्तीय सारक्षरता कार्यक्रम युवा वर्गलाई लक्षित गरी सञ्चालन गनुपर्ने विषयलाई पनि प्राथमिकता राख्ने प्रस्ताव गरिएको परिषद्का कार्यकारी उपाध्यत्तक्ष चौलागाईले बताए ।
युवा वर्गको व्यक्तित्व विकास, समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न युवाको भूमिका, लैङ्गिक समानता र सबै प्रकारको विभेदको अन्त्य, मानवअधिकार, मिडिया र संचार कार्यक्रम, ग्रामीण विकास कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने विषय पनि प्राथमिकतामा राखिएको छ । यस्तै प्रदेश युवा परिषद् ऐन र बागमती प्रदेश युवा नीति जारी भइसकेकाले युवाको संख्यात्मक, गुणात्मक विकास र सर्वाङ्गिण विकासका लागि कार्यक्रम आवश्यक रहेको कुरा परिषद्का कार्यकारी उपाध्यक्षल चौलागाईँले बैठकमा जानकारी गराए ।
परिषद्को बैठकमा छलफल भएका विषयलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने मन्त्री कुमारी मुक्तानले प्रतिबद्धता व्यक्त गरेकीछन् । परिषद्ले विगत र चालु आर्थिक वर्षमा युवालाई उद्यमशीलतामा जोड्ने, युवा परिचालन, परम्परागत सीपको संरक्षण प्रवर्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 
युवा परिषद्ले चालु आर्थिक वर्षमा प्रदेशका १ सय १९ वटै पालिकामा खटिने गरी १ सय ३४ जना प्रदेश युवा स्वयंसेवक कार्यक्रम सुरु गरेको छ । २५० जनालाई रोजगारी सुनिश्चिततासहित तालिम सञ्चालन गरेको परिषद्ले २५० जनालाई उद्यमशीलता विकासको अवसर प्रदान गरेको छ । 
महिलाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न २६ जना प्रशिक्षक तयार पारेर प्रदेशका १३ वटै जिल्लामा ५ सय २० जना प्रशिक्षक तयार पारिएको कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय र नास्टसँग सहकार्य गरी चालु आर्थिक वर्षमै युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले जानकराी दिए ।
बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पूडासैनी, युवाको क्षेत्र हेर्ने महाशाखा प्रमुख खुबिराम अधिकारी, महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल र परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार