Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश युवा परिषदले युवा लक्षित प्रभावकारी र परिणाममुखी कार्यक्रम गर्ने

yuba-1684373229.JPG

४ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम तय गर्ने गरी बागमती प्रदेश युवा परिषद्को बोर्ड बैठक बुधबार बसेको छ । बैठकको अध्यक्षता बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको अध्यक्षतामा बसेको हो । 
बैठकले साढे १४ करोड रुपैयाँ बराबरको बजेटसहित विविध कार्यक्रमहरु प्रस्ताव गर्ने निर्णय गरेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । 
चालु आर्थिक वर्षमा परिषद्को बजेट साढे ५ करोड रुपैयाँ रहेको थियो । बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश युवा परिषद्मा शिक्षा र तालिमका कार्यक्रमहरु, शिक्षा र कल्याण, युवा सशक्तीकरण, साँस्कृतिक, साहित्यिक र कलाको संरक्षण र सम्बर्धनका विषयहरुलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।
यस्तै खेलकुद मनोरन्जन, दिगो विकासका कार्यक्रम, नागरिक संलग्नता तथा स्वयंसेवा कार्यक्रम एवम् विपद व्यवस्थापन, प्रविधि र नवप्रवर्तन, वित्तीय सारक्षरता कार्यक्रम युवा वर्गलाई लक्षित गरी सञ्चालन गनुपर्ने विषयलाई पनि प्राथमिकता राख्ने प्रस्ताव गरिएको परिषद्का कार्यकारी उपाध्यत्तक्ष चौलागाईले बताए ।
युवा वर्गको व्यक्तित्व विकास, समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न युवाको भूमिका, लैङ्गिक समानता र सबै प्रकारको विभेदको अन्त्य, मानवअधिकार, मिडिया र संचार कार्यक्रम, ग्रामीण विकास कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने विषय पनि प्राथमिकतामा राखिएको छ । यस्तै प्रदेश युवा परिषद् ऐन र बागमती प्रदेश युवा नीति जारी भइसकेकाले युवाको संख्यात्मक, गुणात्मक विकास र सर्वाङ्गिण विकासका लागि कार्यक्रम आवश्यक रहेको कुरा परिषद्का कार्यकारी उपाध्यक्षल चौलागाईँले बैठकमा जानकारी गराए ।
परिषद्को बैठकमा छलफल भएका विषयलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने मन्त्री कुमारी मुक्तानले प्रतिबद्धता व्यक्त गरेकीछन् । परिषद्ले विगत र चालु आर्थिक वर्षमा युवालाई उद्यमशीलतामा जोड्ने, युवा परिचालन, परम्परागत सीपको संरक्षण प्रवर्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 
युवा परिषद्ले चालु आर्थिक वर्षमा प्रदेशका १ सय १९ वटै पालिकामा खटिने गरी १ सय ३४ जना प्रदेश युवा स्वयंसेवक कार्यक्रम सुरु गरेको छ । २५० जनालाई रोजगारी सुनिश्चिततासहित तालिम सञ्चालन गरेको परिषद्ले २५० जनालाई उद्यमशीलता विकासको अवसर प्रदान गरेको छ । 
महिलाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्न २६ जना प्रशिक्षक तयार पारेर प्रदेशका १३ वटै जिल्लामा ५ सय २० जना प्रशिक्षक तयार पारिएको कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय र नास्टसँग सहकार्य गरी चालु आर्थिक वर्षमै युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले जानकराी दिए ।
बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पूडासैनी, युवाको क्षेत्र हेर्ने महाशाखा प्रमुख खुबिराम अधिकारी, महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल र परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार