Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुदूरपश्चिम प्रदेशको सरकार विस्तार भोलि

Screenshot_20230519_18563-1684501911.jpg

५ जेठ, धनगढी । आज हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार भोलि सम्मलाई टरेको छ। नागरिक उन्मुक्तिले आन्तरिक छलफल गर्ने भन्दै भोलि बिहान १० बजे सम्मको समय मागेपछि आजको शपथ ग्रहण टरेको हो ।
माओवादी संसदीय दलका नेता खगराज भट्टले सत्ता गठबन्धनका दलहरू बिच मन्त्रालयका बिषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको बताए। चार मन्त्रालय अहिले मन्त्री विहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २–२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए।
चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको र नागरिक उन्मुक्तिले भोली १० बजे सम्मका लागी समय मागेको बैठकमा सहभागी भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जानकारी दिए।
नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो तर उनीहरुले यस बिषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका हुन् ।
नागरिक उन्मुक्ति सहमति भएमा भोलि तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुने छन्। माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ। रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ। नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ। नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना छ। (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार