Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार घिमिरे र अधिकारी सहित कलाकार इकु हेटौंडामा पुरस्कृत 

dda-1684568052.jpg

६ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले शनिवार हेटौंडामा पत्रकारद्वय राजन घिमिरे र पोष्टराज अधिकारी ‘कुमार’ सहित कलाकार सुलेमान शंकर इकुलाई पुरस्कृत गरेको छ । 
संघले चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसर पारेर उनीहरुलाई हेटौंडामा नगद सहित पुरस्कृत तथा सम्मानित गरेको हो । तीस दशकदेखि चलतित्र पत्रकारीता गर्दै आएका पत्रकार राजन घिमिरेलाई संघले १० हजार राशी सहित पुरस्कृत गरेको छ । उनी संघको केन्द्रीय संस्थापक सदस्य समेत हुन् । 
यस्तै संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’लाई प्रदान गरेको छ । अधिकारीलाई नगद ५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको हो । उनी दुई दशक देखी मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील रहदैँ आएका छन् । 
सोही अवसरमा यस वर्ष चलचित्र कलाकर्मी सम्मान–२०८० कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गरीएको छ । उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएकोे थियो । मकवानपुरमा जन्मिएर राष्ट्रिय स्तरको कलाकारितामा सक्रिय रहेका सुलेमान शंकरलाई दर्शकले ईकु नामले चिन्दछन् । हाँस्य टेलिचलचित्रबाट कलाकारिता गरेका उनले चलचित्र निर्माण समेत गरेका छन् । 
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले पुरस्कृतहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । बधाई दिदै उपप्रमुख बानियाँले पत्रकारिता र कलाकारितामा अझ सक्रिय हुन आग्रह गरे । 
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, एनएस सिनेमाहलका संचालक नवराज आचार्य, कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ, लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार