८ जेठ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा 'स्वास्थ्य सबै नीतिमा' अवधारणा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवं स्वास्थ्य मन्त्री उत्तम जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले प्रदेशमा निमार्ण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्ने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार सबै मन्त्रालयसंग जोडिएको विषय भएकाले सबै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कार्यहरू समावेश गरेर योजना बनाई 'स्वास्थ्य सबै नीतिमा' अवधारणा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले यसलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर नरविक्रम थापा, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारी लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिहरुम स्वास्थ्यका विषयहरु सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेश स्तरमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयहरुको प्रतिवद्धता सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्य सबै नीतिमा कार्यान्वयन गर्न लागेको जानकारी दिएका थिए । विज्ञ भोगेन्द्रराज डोटेल बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशका सबै नीतिहरुमा स्वास्थ्यका विषयवस्तुहरूको सम्बोधन गर्न पहल र प्रयास गर्ने, स्वास्थ्य सबै नीतिमा कार्यक्रमलाई बहुक्षेत्रीय स्तरमा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेशका सबै मन्त्रालय र निकायको सहभागिता, सहकार्य र साझेदारीमा आगामी दिनमा उपयुक्त कार्यक्रमहरु क्रमशः सञ्चालन गर्दै जाने, बागमती प्रदेश सरकारको पहिलो आवधिक योजना (आव २०७६/०७७-२०८०/०८१) को रणनीति ५.२.५ को कार्यनीतिमा 'स्वास्थ्य सबै नीतिमा' को विश्वव्यापी नारालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि बहुक्षेत्रीय समन्वय र सहकार्यका लागि निर्देशिका बनाई लागू गरिनेछ' भनी उल्लेख भए बमोजिम निर्देशिका बनाउन र निर्देशिका निर्माण गर्नका लागि आवश्यकतानुसार स्वास्थ्य सबै नीतिमा निर्देशिका निर्माण समिति तथा प्राविधिक कार्य समूह गठन गर्ने निर्णय गरिएको छ ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















