८ जेठ, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा 'स्वास्थ्य सबै नीतिमा' अवधारणा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवं स्वास्थ्य मन्त्री उत्तम जोशीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले प्रदेशमा निमार्ण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्ने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार सबै मन्त्रालयसंग जोडिएको विषय भएकाले सबै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कार्यहरू समावेश गरेर योजना बनाई 'स्वास्थ्य सबै नीतिमा' अवधारणा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले यसलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर नरविक्रम थापा, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारी लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिहरुम स्वास्थ्यका विषयहरु सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेश स्तरमा निर्माण हुने सबै नीतिहरुमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयहरुको प्रतिवद्धता सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्य सबै नीतिमा कार्यान्वयन गर्न लागेको जानकारी दिएका थिए । विज्ञ भोगेन्द्रराज डोटेल बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशका सबै नीतिहरुमा स्वास्थ्यका विषयवस्तुहरूको सम्बोधन गर्न पहल र प्रयास गर्ने, स्वास्थ्य सबै नीतिमा कार्यक्रमलाई बहुक्षेत्रीय स्तरमा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेशका सबै मन्त्रालय र निकायको सहभागिता, सहकार्य र साझेदारीमा आगामी दिनमा उपयुक्त कार्यक्रमहरु क्रमशः सञ्चालन गर्दै जाने, बागमती प्रदेश सरकारको पहिलो आवधिक योजना (आव २०७६/०७७-२०८०/०८१) को रणनीति ५.२.५ को कार्यनीतिमा 'स्वास्थ्य सबै नीतिमा' को विश्वव्यापी नारालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि बहुक्षेत्रीय समन्वय र सहकार्यका लागि निर्देशिका बनाई लागू गरिनेछ' भनी उल्लेख भए बमोजिम निर्देशिका बनाउन र निर्देशिका निर्माण गर्नका लागि आवश्यकतानुसार स्वास्थ्य सबै नीतिमा निर्देशिका निर्माण समिति तथा प्राविधिक कार्य समूह गठन गर्ने निर्णय गरिएको छ ।
१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २७ औ...
१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...
१० बैशाख, हेटौंडा। हेटौंडा ६ गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...
१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । सोमबार बिहान हेटौंडाका...
१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...
१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...
१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई...
१० बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी...
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...