९ जेठ, हेटौंडा । टोल विकास संस्थाका पदाधिकारीहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ मंगलवार देखि टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम शुरु भएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
४ दिने तालिममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु प्रसाद ढुङगाना, महासचिव शिवहरि दाहाल, सञ्चारकर्मी रुपेश दुलाल र भीमसेन पौडेलले सहजीकरण गर्ने आयोजकले बताएको छ ।
तालिममा टोल विकास संस्थाको उद्धेश्य, अवधारणा, गठन तथा सञ्चालन, टोल विकास संस्थाको सहभागिता, काम, कर्तब्य र अधिकार,टोल विकास संस्थाको निर्देशिका, बैठक सञ्चालन माइन्युट लेखन, कार्यक्रम सञ्चालन, उदघोषण, भाषणकला तथा समय ब्यवस्थापन लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी दिने योजना रहेको सचिव राजकुमार फुयाँलले जानकारी दिए ।
हेटौडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडाको सभाध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का निवर्तमान अध्यक्ष केशव धिताल लगायतको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















