Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-६ मा संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न

Screenshot_20230526_19324-1685109049.jpg

१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जेठ ९ गतेदेखी १२ गतेसम्म सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
वडामा रहेका २३ वटा टोल विकास संस्थाहरुलाई २ भागमा विभाजन गरी फरकफरक स्थानमा तालिमको आयोजना गरिएको थियो । तालिममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुंगाना, महासचिव शिवहरी दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र सञ्चारकर्मी भीमसेन पौडेलले सहजिकरण गरेका थिए । तालिम टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-६ का अध्यक्ष वासुदेव खतिवडाको अध्यक्षता एवं हेटौंडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा वडा सदस्य पौडेलले टोल विकास संस्थामा आवद्ध सदस्यहरुको क्षमता विकासका लागि र टोल विकास संस्थाहरुकै क्षमता विकासका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष गंगाप्रसाद पौडेलले टोल विकास संस्थाहरुलाई चलायमान बनाउन नगर समितिले विभिन्न योजनाहरु बनाईरहेको बताए । बचत तथा ऋणको कारोवार गर्ने टोल विकास संस्थाहरुलाई लेखापरिक्षणको क्रममा भएको समस्यालाई समाधानको लागि नगरले लेखापरिक्षक राख्ने तयारी गरिरहेको बताए । 
४ दिनसम्म भएको तालिममा २ स्थानमा गरी ८० जनाले सहभागिता जनाएको टोल विकास संस्था वडा समन्वय समितिका सचिव राजकुमार फुयालले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

थप समाचार