Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ मा संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न

Screenshot_20230526_19324-1685109049.jpg

१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जेठ ९ गतेदेखी १२ गतेसम्म सञ्चालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
वडामा रहेका २३ वटा टोल विकास संस्थाहरुलाई २ भागमा विभाजन गरी फरकफरक स्थानमा तालिमको आयोजना गरिएको थियो । तालिममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुंगाना, महासचिव शिवहरी दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र सञ्चारकर्मी भीमसेन पौडेलले सहजिकरण गरेका थिए । तालिम टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-६ का अध्यक्ष वासुदेव खतिवडाको अध्यक्षता एवं हेटौंडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा वडा सदस्य पौडेलले टोल विकास संस्थामा आवद्ध सदस्यहरुको क्षमता विकासका लागि र टोल विकास संस्थाहरुकै क्षमता विकासका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष गंगाप्रसाद पौडेलले टोल विकास संस्थाहरुलाई चलायमान बनाउन नगर समितिले विभिन्न योजनाहरु बनाईरहेको बताए । बचत तथा ऋणको कारोवार गर्ने टोल विकास संस्थाहरुलाई लेखापरिक्षणको क्रममा भएको समस्यालाई समाधानको लागि नगरले लेखापरिक्षक राख्ने तयारी गरिरहेको बताए । 
४ दिनसम्म भएको तालिममा २ स्थानमा गरी ८० जनाले सहभागिता जनाएको टोल विकास संस्था वडा समन्वय समितिका सचिव राजकुमार फुयालले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार