Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

fda-1685147660.JPG

१३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस विविध कार्यक्रमकाबीच गणतन्त्र दिवस मनाउने भएको छ । 
दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको विषयमा शुक्रबार बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 
दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको संयोजनमा मन्त्रालय, कार्यालय तथा सार्वजनिक स्थानको सरसफाई, १५ गते साँझ प्रदेशका सबै मन्त्रालय, कार्यालय र सार्वजनिक एवम् सामुदायिक संघसंस्था एवम् घरघरमा दीपावली गर्ने कार्यक्रम तय भएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगी सार्वजनिक झण्डा फहराउने र ब्यानर प्रदर्शन गर्ने, प्रदेश सरकारको प्रवक्ताबाट पत्रकार र सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्य रुपमा मनाउन अपिल गर्ने, सबै मन्त्रालय तथा निकायले आफ्नो वेभसाइटको होमपेजमा ‘गणतन्त्र दिवस २०८० भव्यताका साथ मनाऔं’ लेखिएको ब्यानर देखाउने, १४ गते स्वास्थ्य मन्त्रालयको संयोजनमा सार्वजनिक रक्तदान कार्यक्रम गरिने मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार १६ गते वन तथा वातावरण मन्त्रालयको संयोजनमा वृक्षरोपण, प्रदेश सरकार, विभिन्न राजनीतिक दल र नागरिक समाज प्रतिनिधिबीच अन्तरक्रिया, सञ्चार रजिष्ट्रारको कार्यालयको संयोजन तथा पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा ‘गणतन्त्रको १५ वर्ष–अवसर र चुनौती’ विषयमा खुला लेख प्रतियोगिता र प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहनका लागि विविध विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण कार्यक्रम हुनेछ । 
खुला लेख प्रतियोगिताको प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमश ः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ । १५ गते बिहान हेटौंडाको बुद्धचोकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्राङ्गणसम्म प्रभातफेरीको आयोजना गरिनेछ । 
प्रभातफेरी पश्चात गणतन्त्र दिवस २०८० मूल समारोह समितिको आयोजनामा विशेष समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष समारोहमा बागमती प्रदेशका प्रमुख, सभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिती रहनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार