Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड

congress-1685147915.JPG

१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । 
शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए ।
एक अर्कामा आरोपप्रत्यारोप गर्न छोडेर संगठन निर्माणलाई जोड दिनुपर्ने सहभागीको भनाई थियो । 
संगठनको प्रतिवेदन प्रस्तुत गर्दै मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले चुनावपछि पार्टीभित्र अराजकता मौलाउँदै गएको, एक अर्कालाई आरोपप्रत्यारोप गर्ने गरेको, विभिन्न संघसंस्थाको निर्वाचनमा पार्टीका नेतापिच्छे उम्मेदवार हुँदा कांग्रेस आबद्ध व्यक्तिहरुलाई जिताउन समस्या भएको, निर्वाचनको समिक्षा नहुँदा कार्यकर्ता थप निराश बनेको, एकले अर्कालाई आरोप लगाउने र सामाजिक सञ्जालमा आफ्नै नेताहरुको विरुद्धमा क्रियाप्रतिक्रिया दिने गलत प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । 
उनले कांग्रेस मकवानपुरमा देखिएको विकृति विसंगतीलाई रोकेर सबैले आत्मसमिक्षा सहित सुध्रेर अघि बढ्नुपर्ने सुझाव दिए । 
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संघीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार