Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड

congress-1685147915.JPG

१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । 
शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए ।
एक अर्कामा आरोपप्रत्यारोप गर्न छोडेर संगठन निर्माणलाई जोड दिनुपर्ने सहभागीको भनाई थियो । 
संगठनको प्रतिवेदन प्रस्तुत गर्दै मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले चुनावपछि पार्टीभित्र अराजकता मौलाउँदै गएको, एक अर्कालाई आरोपप्रत्यारोप गर्ने गरेको, विभिन्न संघसंस्थाको निर्वाचनमा पार्टीका नेतापिच्छे उम्मेदवार हुँदा कांग्रेस आबद्ध व्यक्तिहरुलाई जिताउन समस्या भएको, निर्वाचनको समिक्षा नहुँदा कार्यकर्ता थप निराश बनेको, एकले अर्कालाई आरोप लगाउने र सामाजिक सञ्जालमा आफ्नै नेताहरुको विरुद्धमा क्रियाप्रतिक्रिया दिने गलत प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । 
उनले कांग्रेस मकवानपुरमा देखिएको विकृति विसंगतीलाई रोकेर सबैले आत्मसमिक्षा सहित सुध्रेर अघि बढ्नुपर्ने सुझाव दिए । 
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संघीय सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार