Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडामा विश्व वातावरण दिवस मनाउन साताव्यापी कार्यक्रम

FB_IMG_1685362292288-1685362321.jpg

१५ जेठ, हेटौंडा। । विगतका वर्षहरु झैँ यस वर्ष पनि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरी ५१ औं विश्व वातावरण दिवस मनाइने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै ५१ औँ विश्व वातावरण दिवसको मनाउन साता व्यापी १६ वटा विभिन्न कार्यक्रम सार्वजनिक गरिएको हो । 
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले जेठ १६ गते (भोलि) देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको पत्रकार सम्मेलनमा बताइएको छ । ‘प्लास्टिक जन्य प्रदुषण निर्मूल पारौ,वातावरण मैत्री विकल्पको उपयोग गरौ’ भन्ने मूल नारायण साथ यस वर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन्।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् जेठ १६ गते राप्ती नदी किनार सरसफाइ,वातावरण संरक्षण सम्बंधि चेतना मुलक टिकटक प्रतियोगिता, सहितका अन्य कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक धुव्र अधिकारीले बताएका छन् । 

जेठ २२ गते ( जुन ५) ५० औं विश्व वातावरण दिवसको दिन बिहान ७ बजे उल्लेख्य जनसहभागितामा हेटौंडा–४ स्थित हुप्रचौरबाट बाजागाजा झाँकीसहितको वृहत वातावरणीय सचेतना र्याली निकालिने उनले बताए । हुप्रचौरबाट बजार परिक्रमा गर्दै रोयल प्यालेसमा समापन कार्यक्रम आयोजना हुनेछ-पत्रकार सम्मेलनमा अधिकारीले भने । अधिकारीले र्यालीसहित सप्ताव्यापी कार्यक्रममा सहभागी हुन नगरवासीमा अपिल गरेका छन् ।विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको व्यवस्था गरेको जनाइएको छ ।

यस्तो छ साताव्यापी १६ कार्यक्रम 

1685363248178-1685363282.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार