१५ जेठ, हेटौंडा। । विगतका वर्षहरु झैँ यस वर्ष पनि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरी ५१ औं विश्व वातावरण दिवस मनाइने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै ५१ औँ विश्व वातावरण दिवसको मनाउन साता व्यापी १६ वटा विभिन्न कार्यक्रम सार्वजनिक गरिएको हो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले जेठ १६ गते (भोलि) देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको पत्रकार सम्मेलनमा बताइएको छ । ‘प्लास्टिक जन्य प्रदुषण निर्मूल पारौ,वातावरण मैत्री विकल्पको उपयोग गरौ’ भन्ने मूल नारायण साथ यस वर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन्।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् जेठ १६ गते राप्ती नदी किनार सरसफाइ,वातावरण संरक्षण सम्बंधि चेतना मुलक टिकटक प्रतियोगिता, सहितका अन्य कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक धुव्र अधिकारीले बताएका छन् ।
जेठ २२ गते ( जुन ५) ५० औं विश्व वातावरण दिवसको दिन बिहान ७ बजे उल्लेख्य जनसहभागितामा हेटौंडा–४ स्थित हुप्रचौरबाट बाजागाजा झाँकीसहितको वृहत वातावरणीय सचेतना र्याली निकालिने उनले बताए । हुप्रचौरबाट बजार परिक्रमा गर्दै रोयल प्यालेसमा समापन कार्यक्रम आयोजना हुनेछ-पत्रकार सम्मेलनमा अधिकारीले भने । अधिकारीले र्यालीसहित सप्ताव्यापी कार्यक्रममा सहभागी हुन नगरवासीमा अपिल गरेका छन् ।विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको व्यवस्था गरेको जनाइएको छ ।
यस्तो छ साताव्यापी १६ कार्यक्रम
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















