Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लटाराम्मेश्वमा झरनाको साहित्यिक पदयात्रा

yatru-1685407772.JPG

१६ जेठ, हेटौंडा । मकवानपुरको झरना साहित्यिक परिवारले सोमबार बकैया–ठिङ्गन–लटाराम्मेश्वर साहित्यिक पदयात्रा गरेको छ । २९०औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा गरेको हो । 
यात्राबाट फर्कनेक्रममा जङ्गलको बीचमा साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा रचना वाचन गरिएको थियो । कार्यक्रमलाई सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निमित्त प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया गापा वडा नं. ८, ९, ११ र १२ का वडाअध्यक्षहरू, पुरस्कार संस्थापक तुल्सी गिरी, नेपाली भाषा शिक्षण समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेललगायत शिक्षक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
साहित्य सर्जकहरू केशव समर्पण, दीपक गौतम, चिरञ्जीवि लामिछाने, छवि अनित्य, सानु खनाल, डिबी बर्तौला, हरि पौड्याल, विशाल अधिकारी आशुतोष, यश लामा, स्वस्तिका दाहाल, अमृता लामिछाने, स्वस्तिका बानिया, प्रयासी प्रविना पौडेल लगाएत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
विभिन्न स्थानको पदयात्रा, महोत्सव, बहस, अन्तरक्रिया, स्रष्टा सम्मान तथा साहित्यिक कार्यशाला सञ्चालन गर्दै आएको साहित्यिक परिवार यस क्षेत्रको सक्रिय संस्था हो । सोमबार यात्रा गरिएको बकैया गाउँपालिकाको लटाराम्मेश्वर पछिल्लो पटक पदयात्रीहरूको रोजाईमा रहेको पदयात्रा मार्ग हो । 
विकट भौगोलिक स्वरूपका कारण कठिन तर रोचक यात्रा रहने ललितपुरका ४७ जनाको टोलीमध्येका एक पदयात्रीले बताए । सो स्थलमा स्थानीय तहले पैदल यात्राका लागि बाटो विस्तार, छेकबार लगायतका व्यवस्थापन तथा निर्माण कार्य गरिरहेको छ । त्यसलाई अझ सुधार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र अन्य स्थानभन्दा भिन्न हावापानी, हुस्सुले ढिकिरहने विशाल पर्वतहरूको सिंहावलोकनका लागि यस स्थानलाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिइएको जनप्रतिनिधिहरूले बताए ।
पद यात्रामा आवस्यक आर्थिक सहयोग बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ का वडा अध्यक्ष क्रमश गोपालबहादुर न्यासुर ज्ञानेन्द्र बजगाईँ गरेका थिए । मकवानपुरका साहित्यिक संस्थाहरूले साहित्यिक यात्रा, पदयात्रा, महोत्सव रचना वाचन, प्रतियोगिताहरू सक्रियरूपमा सञ्चालन गर्दै आइरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार