१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रतिपक्षी दलले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले प्रदेशसभा बैठक शुरू हुने वितिकै उठेर बैठक अवरुद्ध गरेका छन् । अवरोधका बीच आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित, दिगो विकासको मर्म विपरित र गरिबको पक्षमा नभएको बताए । उनले बजेट संघीय प्रणालीमा प्रहार गर्ने खालको रहेको बताए । बजेट मूख्यमन्त्री र मन्त्रीहरू रहेको सिन्धुपाल्चोक, धादिङ र नुवाकोट गरि ३ जिल्लाका ३ निर्वाचन क्षेत्रमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोजन भएको उनको भनाई छ । नेताका नीजि जग्गा र प्लटिङ सुधारका लागि तारजालीसहित तटबन्धमा बजेट राखिएको उनको दावी छ । सामाजिक विकास मन्त्रालयको बजेटमा गैरसरकारी संस्थाको नामै तोकेर बजेट विनियोजन भएको उनको भनाई छ । उनले बजेट पुनर्लेखन गरेर समावेशी बनाउन सुझाव दिए ।
उनीहरूको अवरोधका कारण सभामुख भुवन पाठकले बैठक ५:४५ बजेसम्मका लागि स्थगित गरेका छन् । यसअघि बसेको पहिलो बैठकमा विभिन्न संसदीय समितिमा सदस्यहरू मनोनित गरिएको थियो ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















