Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शान्ति सुरक्षा कायम गर्न करकाप र दबावमा पर्दिनः प्रजिअ सेढाई 

324220100_226208426959741-1688300368.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई

१७ असार,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कसैको करकाप र दबावमा नपरि जिल्लाको शान्ति सुरक्षा कायम गर्न र जनतालाई प्रदान गर्ने सेवा चुस्त दुरुस्त बनाउन कुनै कमि हुन नदिने बताएका छन् । 
शुक्रबार मात्रै सरुवा भएर मकवानपुर आएका प्रजिअ सेढाईले आइतबार कार्यालयमा पत्रकारसँगको भेटघाटमा आफु प्रशासक जस्तो भएर नै काम गर्न आएको र आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा कायम गर्न कसैको करकाप र दबावमा नपर्ने बताएका हुन् । प्रजिअ सेढाईले भने–मेरो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा कायम गर्न संचारमाध्यम,पत्रकार ,स्थानीय जिल्ला बासिको सहयोगको चाहिने भन्दै जिल्लामा मौलाएको लागूऔषध र त्यसको नियन्त्रण ,सडकमा गुड्ने गाडिमा तोकिएको मापदण्ड भन्दामाथि गएर ओभरलोड बोक्नेलाई आवश्यक कारबाही गरिने बताएका छन्  । 
 भेटघाटमा मकवानपुरे पत्रकारले जिल्लामा हुने लागूऔषध कारोबार र दुव्र्यसनी,बढ्दो सवारी चाप,सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरुपयोग, सरकारी कार्यालयमा हुने ढिला सुस्ती र नदिजन्य पदार्थको अबैध चोरी निकासी र त्यस्ता कार्यको नियन्त्रणमा आवश्क कदम चाल्न प्रजिअ सेढाईले जानकारी गराएका थिए । प्रजिअ सेढाईले पत्रकार भेटघाटमा आफ्नो कार्यकालमा त्यस्ता समस्यालाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।  सेढांई खोटाङ्बाट मकवानपुर आएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, जिल्ला प्रशासनका अधिकृत गुणराज न्यौपाने र विभिन्न संचारगृहमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार