google photo
२५ असार,हेटौँडा । मकवानपुरको थाहानगरका एक जना वडाध्यक्ष पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । एक व्यक्तिको जग्गालाई नक्कली कागजपत्र खडागरी आफु छोरा बनेर अर्काको नामको जग्गा नामसारी गरी ठगी गरेको आरोप लागेका मकवानपुरको थाहानगर वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान फरार भएका छन् । किर्तेगरी अर्काको नाममा जग्गालाई नामसारी गरी बेचेको घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्याङ्तान यति बेला फरार भएका हुन् । यति बेला थाहानगर एक वडाध्यक्ष सहित १० जना फरार रहेको बुझिएको छ ।
अर्काको नाममा जग्गालाई नामसारी गरी बेचेको घटनामा संलग्न थाहा नगरपालिका १२ का वडाध्यक्ष टिकाराम स्याङ्तान, वडा सचिव ओब्जङ बहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, उनका छोरा राजु गुरुङ, १२ नम्बर वडा कै रामशरण गुरुङ, कृष्ण बहादुर गुरुङ, सुकुमान स्याङ्तान, राम बहादुर स्याङ्तान र नरेश घलान रहेको र पक्राउ पुर्जी जारी भएकपछि फरार रहेको मकवानपुर प्रहरी श्रोतले जनाएको छ । फरार खोजी भइरहेको प्रहरीले जनाएको छ । जग्गा बिकीका लागि बैना गर्न लाग्दा प्रहरीले घटना बाहिर ल्याएको हो । स्याङ्जामाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सतराज गुरुङ पक्राउ परेपछि घटनाको जानकारी बाहिर आएको हो । गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्र लगायतका झुट्टा कागजहरू तयार गरी विभिन्न व्यक्ति तथा निकायको मिलेमतोमा उमादेवी गुरुङका नाममा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले बताएका छन् । पक्राउ परको माथि आवश्यक अनुसन्धान भइरहेको र फरार १० जनाको मकवानपुर प्रहरीको सहयोग खोजि कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताएका छन् ।
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
-1689003995.jpg)






-1789608059.jpg)










