३० असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको १८ वटा विद्यालयका प्रधानाध्यापकले सामुहिक राजीनामा दिएका छन् । गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।
साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिइएको प्रधानाध्यापकहरुद्वारा हस्ताक्षरित राजीनामा पत्रमा उल्लेख छ । राजीनामा दिनेमा एक मावि र १७ प्राथमिक तहका प्रधानाध्यापक रहेका छन् ।
सिकाई उपलब्धीमा पहिलो भएको सहित पालिकाभरका सबै प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकलाई विना कारण सरुवा गर्न लागेकोले बाध्य भएर राजीनामा दिएको नेपाल शिक्षक महासंघ मनहरी गाउँपालिका अध्यक्ष नवराज डोटेलले जानकारी दिए ।
राम्रो सक्षम प्रधानाध्यापक ल्याउनका लागि राजीनामा दिएर बाटो खोलिदिएको उनले बताए । आर्थिक हिनामिना वा कुनै अभियोग लागेको जसरी सबैलाई एकमुष्ट सरुवा गर्न खोजेको भन्दै प्रधानाध्यापकहरुले आपत्ति जनाउँदै आएका छन् ।
मनहरी गाउँपालिकामा ३२ वटा विद्यालय रहेकोमा १८ वटा प्रावि, ५ वटा निमावि र ९ वटा मावि रहेको छ । शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्ने व्यवस्था भएपनि प्रधानाध्यापक सरुवाको विषयमा भने केही उल्लेख गरिएको छैन ।
धेरै प्रअ सहमत छन्, केहीले बखेडा गरेः अध्यक्ष कालाखेती
यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भैसकेको जानकारी दिँदै शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक बखेडा झिक्न खोजेको प्रतिक्रिया दिएका छन् ।
‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडीको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं’, उनले भने, ‘सरुवाको विषय वहाँहरुले नबुझेकोले हो । प्रधानाध्यापकहरुलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौं, वहाँहरुले नमानेपछि हामीले सरुवा गर्न लागेका हौं ।’
मनहरी गाउँपालिकाले शिक्षकहरुलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता ५ सयबाट बढाएर दुईहजार पु¥याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए ।
‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबै प्रधानाध्यापकहरुको साथ जरुरी छ । सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो’, उनले भने, ‘कसैले मान्दिन भन्छ भने हामी कानून अनुसार अघि बढ्नेछौं ।’
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














