३० असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको योगदान गरे । कमरान घलमले ३१ रनको योगदान गरे । सइम अयुबले २४ रन बनाए । नेपाली टोलीका बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।
पाकिस्तानको पहिलो विकेट नेपाली बलर पवर्न सर्राफले लिएका थिए । उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान हसिबुल्लाहलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुल्सन झाद्वारा क्याच गराएका थिए । त्यतिबेला पाकिस्तान ३७ रन बनाएर खेल्दै थियो ।
पाकिस्तानको दोस्रो विकेट पनि पवन सर्राफले नै लिएका थिए । उनले पाकिस्तानका अर्का ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनको ब्यक्तिगत स्कोरमा परिवर्तित खेलाडी सन्दीप जोराद्वारा क्याच गराएका थिए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ५० रन बनाएको थियो ।
पाकिस्तानको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले पाकिस्तानी ब्याट्सम्यान ओमाइर बिन युसुफलाई ३६ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदद्वारा क्याच गराए । उनले ४० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । तेस्रो विकेट गुमाउँदा पाकिस्तानले २२.४ ओभरमा एक सय १४ रन बनाएको थियो ।
पाकिस्तानको चौथो विकेट ललित राजवंशीले लिएका थिए । ललितले मुहम्मद तैयब ताहिरलाई ५१ रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । पाकिस्तानको पाँचौं विकेट ललित राजवंशीले लिएका थिए । उनले पाकिस्तानी टोलीका कप्तान मुहम्मद हारिसलाई नौ रनमा पेभेलियन फर्काए ।
पाँचौं विकेट गुमाउँदा पाकिस्तानले ३०.३ ओभरमा एकसय ६६ रन बनाएको थियो । पाकिस्तानको छैटौं विकेट पनि ललित राजवंशीले नै लिएका थिए । उनले कमरान घलमलाई ३१ रनमा पेभेलियन फर्काएका थिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए । नवौं नम्बरमा क्रिज समाल्न आएका सोमपालले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे ।
पाकिस्तानका बलर शहनवाज दहानीले पाँच विकेट लिए । मुहम्मद वसिमले चार विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको थियो । इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले आफ्नो ‘ए’ टोलीलाई सहभागी गराएको छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनी एक रन बनाउँदै आउट भए । उनको विकेट सहनवाज दहानीले लिएका थिए । भुर्तेल आउट हुँदा नेपालको स्कोर १४ रन थियो ।
यसैगरी दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेख १२ रन बनाएर पेभेलियन फर्किएका थिए । आसिफ शेख आउट हुँदा नेपालको स्कोर १९ रन थियो । आसिफको विकेट पनि सहनवाज दहानीले नै लिएका थिए ।
तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल आउट भएका थिए । उनी चार रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट मुहम्मद वसिमले लिएका थिए । रोहित आउट हुँदा नेपालले २४ रन बनाएको थियो ।
यसैगरी चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । उनले खातासम्म खोल्न सकेनन् । उनको विकेट पनि मुहम्मद वसिमले लिए । उनी मुहमम्मद वसिमको बलमा बोल्ड भएका थिए । भीम आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।
पाँचौं विकेटका रुपमा अर्जुन साउद १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अर्जुनले २० बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनको विकेट सहनवाज दहानीले लिएका थिए । अर्जुन आउट हुँदा नेपालको स्कोर ३७ रन थियो ।
छैटौंं विकेटका रुपमा पवन सर्राफ आउट भएका थिए । उनी चार बलको सामना गरी एक रन बनाउँदै आउट भएका हुन् । उनको विकेट सहनवाज दहानीले लिएका थिए । उनी आउट हुँदा नेपालको कूल स्कोर ३९ रन थियो ।
सातौं विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका थिए । उनी १७ रन बनाएर पेभेलियन फर्किएका थिए । उनले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । उनको विकेट मुहम्मद वसिमले लिएका हुन् । उनी आउट हुँदा नेपालको कूल स्कोर ६७ रन थियो ।
यसैगरी आठौं विकेटका रुपमा नेपालका गुल्सन झा १३ रन बनाउँदै आउट भएका थिए । उनले १९ बलमा एक चौका पनि हिर्काएका थिए । गुल्सनको विकेट मुहम्मद वसिमले लिएका थिए । गुल्सन आउट हुँदा नेपाली टोलीले १५.४ ओभरमा ७२ रन बनाएको थियो ।
नवौं विकेटका रुपमा नेपालका प्रतिस जीसी आउट भएका थिए । उनले उत्कृष्ट ब्याटिङ गर्दै २६ रन बनाएका थिए । उनले २४ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । उनको विकेट मुबासिर खानले लिएका थिए । उनी आउट हुँदा नेपालले एक सय ३० रन बनाएको थियो ।
कुनै समय नेपालले केवल ७२ रनमा आठ विकेट गुमाइसकेको थियो । त्यतिबेला नेपाल ५० ओभरको खेलमा हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिने सम्भावना बढेको थियो । त्यसपछि प्रतिश र सोमपालले नेपाललाई त्यो सम्भावित खतराबाट जोगाएका थिए ।
प्रतिश आउट भएपछि सोमपाल र ललित राजवंशीले अन्तिम विकेटका लागि कीर्तिमानी ४९ रनको साझेदारी गरेका थिए । यसअघि ५० ओभरको क्रिकेटमा अन्तिम विकेटका लागि करण केसी र सन्दीप लामिछानेले ३२ रनको साझेदारी गरेका थिए । सन्दीप र करणले उक्त साझेदारी सन् २०२३ को मार्च २ तारिखमा दुबईमा भएको यूएईविरुद्घको खेलमा गरेका थिए । लिग टुअन्तर्गतको उक्त खेलमा नेपाली टोली ६८ रनले पराजित भएको थियो ।
जुलाई २३ तारिखसम्म चल्ने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














