३१ असार, हेटौंडा । हेटौंडा–१३ पदमपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा–१३ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले आयोजना गरिएको हो । हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हेटौंडाकी मेयर मीनाकुमारी लामा रहेकी थिइन् । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सार्वजनिक चासोको रुपमा रहेको विषयमा प्रश्न उठाएका थिए । स्थानीयले वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, कृषिलगायत सार्वजनिक चासोको विषयमा गुनासा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा स्थानीयबासी दिपेश मिश्र, नारायणप्रसाद पौडेल, संगीता वाइबा, रामबहादुर वाइबा, शंकर रोक्का, उत्तम वाइबा, सरस्वती तामाङ, राधिका वाग्ले, धिरेन लामा, उत्तरसिं घलान, जगन्नाथ पौडेललगायतले आफ्ना टोलका समस्या र गुनासा राखेका थिए । स्थानीयको चासो, गुनासो र प्रश्नलाई नगर प्रमुख लामाले समस्या समाधानमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । उपमहानगरले स्वास्थ्यको विकासमा ध्यान दिएको बताउँदै पदमपोखरीमा ५ शैयाको अस्पताल निर्माणको तयारी भएको उदघोष गरकी थिइन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले स्थानीयको समस्या समाधान गर्न उपमहानगर सधैं तत्पर रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले उपमहानगरपालिकाले चालू आवमा १३ नम्बर वडामा गरेका कामहरु र आगामी आवमा छुट्याइएको योजनाहरुको बारेमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














