२ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबैसँग समन्वय गर्दै डेंगु नियन्त्रणका लागि काम गरिने बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको 'बागमती प्रदेशमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया' कार्यक्रममा बोल्दै उनले मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गरिने बताए । उनले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरूलाई डेंगुका विरामीहरूका लागि सेवा प्रवाहमा गम्भीर भएर लाग्न निर्देशन दिए । डेंगु नियन्त्रण एवं उपचारमा कुनै कमी नहुने गरि तयारी गर्न निर्देशन दिंदै उनले नीजि अस्पतालहरूलाई पनि यसमा समन्वय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले बागमती प्रदेशमा डेंगुको संक्रमण नियन्त्रणका लागि अभियान संचालन गर्न गरिरहेको बताए । उनले स्वास्थ्यकर्मीहरूलाई टोल तहसम्म परिचालन गर्न समन्वय गर्ने बताए । स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले प्रभावित जिल्लामा डेंगु परीक्षण कीट पठाइएको बताए । प्रदेश सरकारमार्फत कीट र सिटामोल लगायतका सामग्री खरिदको प्रक्रिया अघि बढाउने बताए ।
हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा अस्पतालले २५०० कीट खरिद गरेको र दैनिक २० देखि २५ वटा खपत भइरहेको बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले मकवानपुरमा डेंगुका विरामी फेला पर्न शुरू भएको बताउँदै टेष्ट कीट, सिटामोल केही मौज्दात रहेको बताए । उनले सचेतना अभिवृद्धि र रिपोर्टिङको लागि काम भइरहेको बताउँदै गत आवमा मकवानपुरमा हेटौंडा र मनहरीमा बढि डेंगुका विरामी फेला परेको बताए ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले सचेतना अभिवृद्धिको काम गरिरहेको बताउँदै ३ जना निरीक्षकको व्यवस्था गरी डेंगु फैलाउने लामखुट्टेको बासस्थानको अनुगमन गर्ने बताए ।
निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बागमती प्रदेशमा डेंगुको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे अवगत गराएका थिए । मन्त्रालय निमित्त सचिव दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका जनस्वास्थ्य प्रशासक दुर्गादत्त चापागाईं, मन्त्रालयका विभिन्न शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














