होमनाथ सापकोटा
१५ भदौं, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा स्थापना गरिएको चेपाङ सङ्ग्रहालयको बुधवार उद्घाटन गरिएको छ । चेपाङ समुदायको सँस्कृति संरक्षणको लागि गामवेसीको चेपाङ संरक्षण केन्द्रले सङ्ग्रहालय स्थापना गरेको हो ।
सङ्ग्रहालयको कान्तिपुर दैनिकका समाचार सम्पादक अखण्ड भण्डारीले उद्घाटन गरेका थिए । सौराहामा पहिलो पटक स्थापना गरिएको चेपाङ सङ्ग्रहालय उद्घाटन कार्यक्रममा सौराहाका पर्यटन व्यवसायी, चरा संरक्षणकर्मी, नेचर गाईड, वन्यजन्तु संरक्षणकर्मी, स्थानीय बासिन्दा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । चेपाङ वालवालिकाको लालनपालनको लागि आर्थिक श्रोत जुटाउन र चेपाङ समुदायको साँस्कृति संरक्षण गर्न केन्द्रले सौराहामा चेपाङ सङ्ग्रहालय स्थापना गरेको हो । केन्द्रका अध्यक्ष केपिकिरण शर्माले महाभारत श्रृखलामा बसोबास गर्ने चेपाङ समुदायका बस्तीबाट संकलन गरेका महत्वपूर्ण समाग्रीहरु सङ्ग्रहालयमा राखिएको छ । चेपाङ सँस्कृतिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सङ्ग्रहालय स्थापना गरिएको केन्द्रका अध्यक्ष शर्माले बताए ।
सङ्ग्रहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, उपयोगमा ल्याइने गरेका वर्तन,सिकार खेल्दा प्रयोग गरिने पुरातन हतियार, उपचारमा प्रयोग गर्ने समान, कन्दमुद, गिठ्टा भ्याकुर लगायतका ३०७ प्रकारका सामाग्रीहरु संग्रहित गरिएको अध्यक्ष शर्माले बताए । केन्द्रमा आश्रित करिव १२५ जना चेपाङ वालवालिकाको शिक्षा र लालनपालनको लागि दीर्घकालिन श्रोत जुट्न सकेको छैन । केन्द्रका अध्यक्ष शर्माले मागेरै १२५ जना चेपाङ वालवालिकालाई आश्रम दिईरहेका छन । चेपाङ वालवालिकाको दीर्घकालिन श्रोत जुटाउन पनि सङ्ग्रहालय स्थापना गर्नूको अर्को उद्देश्य हो । उद्घाटन कार्यक्रममा व्यवसायीहरुले चेपाङ सङ्ग्रहालयलाई पर्यटकलाई प्रदान गर्ने प्याकेज कार्यक्रममा राखेर अबलोकन गर्ने व्यवस्था मिलाउने बताएका थिए । सौराहामा चेपाङ सङ्ग्रहालय स्थापना भएपछि चेपाङ संस्कृति देखाउन पहाडी गाविस जानुपर्ने बाध्यता हटने वर्ड एजुकेशन सोसाईटी चितवनका निर्वतमान अध्यक्ष बासु विडारीले बताए । कार्यक्रममा चेपाङ अगुवा यमप्रसाद चेपाङले चेपाङका दुख र पिडा समेटिको गीत प्रस्तुत गरेका थिए ।
सामाजसेबी विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्याल, केन्द्रकी सल्लाहाकार सरस्वती रिजाल, क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष सुमन घिमिरे, शिक्षक अतिवल चेपाङ लगायतले बोलेका थिए । सङ्ग्रहालय अबलोकनका लागि विद्यार्थीलाई रु १० स्वदेशी पर्यटकलाई २० र विदेशी पर्यटकलाई २० रुपैया निर्धारण गरिएको छ ।
पत्रकार अर्याल सम्मानित
गामवेसीको चेपाङ संरक्षण केन्द्रले चितवन पोष्ट दैनिकका सम्पादक तथा चितवनका पुराना पत्रकार धर्मराज अर्याललाई बुधवार सम्मान गरेको छ । पत्रकारिता मार्फत चेपाङ समुदायको उत्थान र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्याङकन गरी केन्द्रले पत्रकार अर्याललाई सम्मान गरेको हो ।
सङ्ग्रहालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कान्तिपुर दैनिकका समाचार सम्पादक अखण्ड भण्डारी र चितवनको पर्यटन प्रर्बधनमा महत्वपूर्ण योगदान दिएका सौराहाका विष्णुप्रसाद अर्यालले धर्मराजलाई माला, ढाकाटोपी र सम्मानपत्रले सम्मान गरेका थिए । पत्रकार अर्यालले चेपाङ समुदायको उत्थान र उनीहरुको शिक्षाका लागि केन्द्र र त्यसका अध्यक्ष केपिकिरण शर्माले गरेको काम स्वागत योग्य रहेको बताए ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


