२० साउन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीका ३० वर्षीय बुद्धबहादुर भोलन र सोही स्थानका ३० वर्षकै लालबहादुर तामाङलाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जाँंदै गरेको बा ४ ख २१९१ नम्बरको बस जाँचका क्रममा उनीहरुको साथबाट साढे ६ किलो लागूऔषध गाँजा फेला पारेको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार उनीहरुले बोकेको झोलामा लुकाएर ल्याएको अवस्थामा गाँजा फेला परेको हो ।
यस्तै प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाटै ९ किलो १५० ग्राम लागूऔषध गाँजासहित थप ४ जना पक्राउ गरेको छ । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्बरको बस चेकिङको क्रममा ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका १ का ३१ वर्षका धनराज गिरी, भारतको जिल्ला सितामडी मसल वडा नम्बर ६ का १९ वर्षीय दीपक यादव, धनुषाको महेन्द्रनगर नगरपालिका ११ नम्बर वडाका १९ वर्षीय रविकुमार महरा र मकवानपुरको राक्सिराङ गाउँपालिका ३ का ४५ वर्षका बुदेलाल डिम्डुङ रहेको प्रवक्ता कार्कीले बताए ।
लागूऔषध गाँजासहित पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता कार्कीको भनाई छ ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














