Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

अन्तराष्ट्रिय

पाकिस्तानमा संसदको तल्लो सदन भंग

Screenshot_20230810_10353-1691643064.jpg

फाइल तस्बिर

२५ साउन, काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।
पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए ।
पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्थे । उनी अगस्ट ११ मा संसद विघटन गर्न चाहन्थे । तर, जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अधिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहेपछि दुई दिन अघि नै विघटनको सिफारिस गरेका हुन् । 
जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रिय सभा विघटन गर्न पत्र पठाएका थिए, जसले औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ। 
संसदको तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाएका हुन् । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रिय सभा भंग गर्न वा ४८ घन्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्छन् । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु
u7tdgmvo_mastung-blast-pa-1695982843.jpg

१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी...

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिष्पर्धा हुने
emale-bagmati-adakchya-1695958126.jpg

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
cm-photo1-1695957340.jpg

१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
20230929_065649-1695950016.jpg

१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ
pestol1617003040-1695949489.jpg

१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...

मकवानपुरमा मुद्दा र पक्राउ पर्ने बढे
Capture-1695949231.JPG

१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...

हेटौंडामा १० जना खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान
Capture-1695948973.JPG

१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1695948757.jpg

१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...

हेटौडामा सामुदायिक वन सम्वन्धि समन्वय बैठक
facofan-1695913774.jpg

११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg