Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पहिरोमा परि मृत्यु भएका परिवारलाई भेटे मन्त्री श्रेष्ठले

सरकारका तर्फबाट सात लाख सहयोगको प्रतिवद्धता

bhet-1691981091.jpg

२९ साउन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पहिरो प्रभावित परिवारलाई आइतबार भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख र नेपाल सरकारको तर्फबाट ५ लाख गरी ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन् ।
यही साउन २३ गते बिहान् मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रे दोभानको पहिरोमा अक्कल बहादुर स्याङतानसहित चारजनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् । 
पहिरोमा परी घरधनी अक्कलबहादुर सहित उनकी श्रीमती शान्तिमाया स्याङ्तान, छोरी शिला पहरी र नातिनी दिव्या पहरीको मृत्यु भएको छ । अक्कलबहादुरका ज्वाई जीवन पहरी र नाति मलिन पहरी अझै बेपत्ता छन् ।
घटनमा परी बागमतीले बगाएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर १ का पासाङ घिसिङको भने जीवितै उद्धार गरिएको थियो । उनको उपचार भइरहेको छ । 
मन्त्री श्रेष्ठले पहिरो प्रभावित परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । उनले मृतकको किरिया खर्चका लागी व्यक्तिगत तर्फ १० हजार रुपैयाँ सहयोग समेत गरेका छन् । यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र उद्योग बाणिज्य संघ सिन्धुलीको तर्फबाट पनि ४४ हजार बराबरको खाद्यन्न र अन्य सामाग्री सहयोग गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार