Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले गर्यो आन्तरिक विशेष अभियानको समापन

Screenshot_20230815_14334-1692089475.jpg

३० साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य/मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती प्रदेश सदस्य/मकवानपुर प्रतिनिधि कैलाश कोइरालाको विशेष आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिबेदन जिल्ला कमिटि, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।

केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिबेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।

कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरु देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरु, संघीय/प्रदेश सभापतिहरु, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरु, गाउँपालिका/वडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार