३० साउन,हेटौँडा । साउन २८ गते मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले मंगलबार आज शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा ३ घण्टा धर्ना दिएको छ । शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिनुका साथै समन्वय इकाई प्रमुख मार्फत शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति सरकारलाई पठाइएको छ ।
धर्नापछिको कोणसभामा बोल्दै शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले सरकारले शिक्षकहरुलाई सडकमा आउन बाध्य पारेको बताए । उनले यती गर्दा सम्म मागलाई सुनुवाई नगरे शिक्षकहरुको सिंहदरबारं घेर्न बाध्य हुने चेतावनी दिए । सभालाई सम्बोधन गर्दै शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले जय नेपाल, लाल सलाम र नमस्ते जस्ता सबै शब्दलाई एकै ठाँउमा समेट्नपर्ने समय आएकोले शिक्षकको हक हितका लागि हेस्टेमा हैसै गरेर आन्दोलनलाई निष्र्कषमा पुयाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट,हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिना लगायतकाले अहिले आन्दोलन र सरकारको बलमिचाहिको बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।
धर्ना कार्यक्रममा प्रगतिशील नेराशि संगठन केन्द्रीय सचिव पुरुषोत्तम पौडेल, एकीकृत अनेशि संगठन प्रदेश अर्थ उपमहासचिव खेमराज लामिछाने, शिक्षक संघ वागमति प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गौतम, महासंघ मकवानपुरका सचिव
राजु गौतम लगायतको उपस्थिति रहेको थियो ।
शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकालको नेतृत्वमा भएको आन्दोलनमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति बुझाइएको शिक्षक संघ मकवानपुरका सचिव श्रीराम लुईटेलले बताए ।प्रथम चरणकै अन्तिम कार्यक्रम अन्र्तगत साउन ३२ गते प्रदेशस्तरीय महासंघका पदाधिकारी तथा प्रतिनिधिसहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सोही छायाँप्रति बुझाउँदै धर्ना दिने कार्यक्रा रहेको बताइएको छ । महासंघले भाद्र १ गते संघीय संसद तथा केन्द्र सरकार एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण र विरोधबारे जानकारी दिने कार्यक्रम तय गरेको बताएको छ । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका सामुदायीक विद्यालय कार्यरत शिक्षकहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















