३२ साउन,हेटौँडा । साउन २८ र ३० गते क्रमश मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित पालिकाका प्रमुखलाई र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले बिहिबार आज बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिदै सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
बिहिबार बिहान ११ बजेदेखी २ बजेसम्म मन्त्रालयको प्राङ्गणमा धर्ना दिएका थिए । सामाजिक विकास मन्त्री कुमारी मुक्तान मार्फत शिक्षक महासंघसंग नेपाल सरकार बिच भएको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति सरकारलाई पठाइएको छ । ज्ञापनपत्र बुझदै मन्त्री मुक्तानले शिक्षकहरुको माग प्रति आफु सकारात्मक रहेको बताइन् । धर्ना पछिको कोणसभामा शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट,हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिना लगायतकाले सम्बोधन गरेका थिए । धर्ना कार्यक्रममा प्रगतिशील नेराशि संगठन, एकीकृत अनेशि संगठन,शिक्षक संघ वागमति प्रदेश सदस्य नेपाल राष्ट्रिय शिक्षक संगठन, हिसान मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो । शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालको नेतृत्वमा धर्ना कार्यक्रम भएको हो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















