६ भदौ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा नपाएका भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिदिन आग्रह गरेको छ ।
भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउनुपर्ने मागसहित गाउँपालिकाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेर यस्तो आग्रह गरेको हो । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाउने विषयमा राष्ट्रिय निकुञ्ज बाधक बनेकोले आवश्यक सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनले वर्षौंदेखि बसोबास गर्दै आएका मनहरीका धेरै विपन्नहरु लालपुर्जा विहीन रहेको बताए । ‘एउटै टोलमा बस्नेमध्ये पनि कसैको पुर्जा छ, कसैको छैन’, उनले भने, ‘भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागिपरेका छौं तर पर्सा राष्ट्रिय निकुञ्ज यसको बाधक भएको छ ।’
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सर्वसाधारणले घरायसी प्रयोगको लागि ढुङ्गा, गिटी, वालुवा ल्याउँदा समेत अनेक दुःख भोग्नु परेको उनको भनाई थियो । गाउँपालिका अध्यक्ष कालाखेतीले भूमिहीन सुकुम्बासीका लागि लालपुर्जा वितरण गर्ने विषयमा आवश्यक सहयोग एवम् सहजीकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरे ।
मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले गाउँपालिकाले उठान गरेको विषयमा सहजीकरण गरी यथासक्य छिटो लालपुर्जा वितरण गर्ने वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे । बर्षौंदेखी भोगचलन गर्दै आएको जग्गा नापी गरेर पुर्जा वितरण गर्नुपर्ने उनको माग थियो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले निकुञ्जका कारण नेपालमा धेरै सर्वसाधारण पीडित हुनुपरेको स्मरण गराउँदै यो समस्या दीर्घकालीन रुपमा समाधान हुनुपर्ने धारणा राखे ।
‘जल, जमिन, जंगल र जनावरको आवश्यक संरक्षण जरुरी छ । तर त्यसो भन्दैमा आरक्ष वा निकुञ्जकै कारण सर्वसाधारणले दुःख भोग्न बाध्य हुनु गम्भीर विषय हो’, उनले भने, ‘मनहरी गाउँपालिकासहित देशैभरबाट आवाज उठिरहेको यस विषयमा एउटा निर्णयमा पुग्न जरुरी छ ।’
गाउँपालिकाको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो निर्वाचन क्षेत्र चितवनमा पनि यो खालको समस्या छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउनेछु’, उनले भने, ‘यो समस्या समाधान गर्दै भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने वातावरण बनाउनेछु ।’
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















