७ भदौ, हेटौंडा । लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् ।
प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल द्वितीय र प्रकृति दाहाल तृत्तीय भएका छन् । प्रतियोगितामा ११ विद्यार्थीको सहभागिता रहेको थियो ।
हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता एवम् संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले पछिल्लो समय लागूऔषध दुव्र्यसन चिन्ताको बिषय बनेको बताए । उनले मकवानपुरमा लागूऔषधको प्रयोग, उत्पादन र ओसारपसार डरलाग्दोसँग विकास भैरहेको भन्दै चिन्ता व्यक्त गरे । ६० प्रतिशत अपराधका घटना लागूऔषधकै कारण हुने गरेको भन्दै उनले लागूऔषध नियन्त्रणमा सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुली, हेटौंडा जेसीजका पूर्व अध्यक्ष कविन सांगामी र दीपकराज मिश्र, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, सिआन पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डिसी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलालगायतले लागूऔषध दुव्र्यसनको बिषयमा चिन्ता व्यक्त गर्दै नियन्त्रण अभियान नै सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कवि स्वस्तिका वानियाँको लागूऔषध सम्बन्धि कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल, कृष्णबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजयीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल र दीपकराज मिश्र, साहित्यकार अनिता न्यौपाने तथा विद्यालयका सहप्रधानाध्यापक माधवप्रसाद गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















