९ भदौँ, हेटौँडा । पर्यटन प्रवद्र्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने भएको छ । थाहा कला केन्द्रको आयोजनामा मकवानपरको पर्यटकीय क्षेञ थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको हो । शनिबार आयोजकले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसीर ९ देखी १५ गते सम्म एक हप्ता फिल्म महोत्सबको आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पत्रकार सम्मेलनमा बताए । जोशिले पत्रकार सम्मेलनमा थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा शन्देशमुलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने कुरा बताएका छन् ।
त्यसैगरी थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले पत्रकार सम्मेलनमा महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने र थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउने,थाहा नगरका पर्यटन स्थलहरुका बारेमा छलफल अन्तरकृया गरी थाहा नगरलाई चलचित्रको छाँयाकन हब बनाउने मुख्य उदेश्य रहेको बताए ।पत्रकार सम्मेलनमा थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जनप्रतिनिधि सहित सबै पक्षको चाहना अनुसार थाहा नगरलाई चलचित्र निमार्णको रुपमा आकषर्ण गर्न र आन्तरीक पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भएकोले थाहा कला केन्द्रको अग्रसरतामा मोहत्सव आयोजन गर्न लागिएको बताए । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालको समेत आर्थिक सहयोग रहने महोत्सब आयोजन गर्न करीब ३० लाख खर्च लाग्ने अनुमान गरीएको आयोजकले जनाएको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















