२८ भदौ, हेटौंडा । बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको एक समूहले सांघातिक आक्रमण गरेको घटनामा मकवानपुर प्रहरी र जिल्ला प्रशासन कार्यालय निरही भएको र दोषिलाई कार्वाही गर्न चासो नदेखाएको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले सामूहिक रुपमा प्रहरी कार्यालयमा उजुरी दर्ताको तयारी गरेका छन् ।
प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाउदै सुरक्षाको प्रत्याभूति नभएका कारण मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा उजुरी दर्ता गराउने तयारी रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले जनाएका हुन् ।
घटनापछि छलफलका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन वार्ता गरिएको र उल्दै डाक्टरलाई काट्छु भन्दा समेत मकवानपुरका प्रहरी प्रमुख (एसपी) सीताराम रिजाल निरिह बनेको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् । घटनाको बिषयमा बुझ्न खोज्दा एसपी रिजाल, डिएसपी एव प्रवक्ता लक्ष्मी भण्डारी र मकवानपुरका सिडिओ सूर्य प्रसाद सेढाईले फोन उठाएनन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पुगेका संचारकर्मीलाई भित्र छिर्न दिएनन् । बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गराउन निवेदनको तयारी भइरहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताए । बुधबार डाक्टरमाथि आक्रमण गर्ने समूहले विरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए ।
घटनालाई लिएर दोषीलाई उन्मुक्ति दिन लागि परेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको चर्को आलोजना भएको छ । घटनामा दुवै डाक्टर घाईते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । यस बिषयलाई लिएर नेपाल चिकित्सक संघ नेपाल औषधी व्यवसायी संघ मकवानपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरले दोषीलाई कार्वाहीको माग राख्दै विज्ञप्ती प्रकाशित गरेको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















