Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा डाक्टर कुटपिट घटनाः २४ घण्टामा घटनामा संलग्न दुई पक्राउ 

376463765_266759896253364-1694677167.jpg

२८ भदौँ,हेटौँडा । बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएकोसांघातिक आक्रमणमा संलग्न मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ८।१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि मुक्का प्रहार गर्दा डा. विकास थापा र डा. प्रशान्त विडारी घाइते भएका थिए । डाक्टरमाथि सांघातिक आक्रमणमा संलग्न मध्यका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर श्रोतले जनाएको छ । प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सुर्यँ प्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भुमिकालाई लिएर चर्को आलोजना भइरहेको अवस्थामा घटनामा संलग्न दुई जना पक्राउ गरिएको छ । 
यता बुधबार घटनाको बिषयमा बुझदा एसपी रिजाल, डिएसपी एव प्रवक्ता लक्ष्मी भण्डारी र मकवानपुरका सिडिओ सुर्यँ प्रसाद सेढाईले फोन उठाएनन् भने घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पुगेका संचारकर्मीलाई भित्र छिर्न दिएनन् । यता  बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका थिए । बुधबार डाक्टरमाथि आक्रमण गर्ने समूहले विरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए । यता घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख चर्को आलोजना भइरहेको छ । घटनामा दुवै डाक्टर घाईते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ  । यस बिषयलाई लिएर नेपाल चिकित्सक संघ नेपाल औषधी व्यवसायी संघ मकवानपुर , राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरले दोषीलाई कार्वाहीको माग राख्दै विज्ञप्ती प्रकाशित गरेको थियो । 
 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार