Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा अस्पतालका ७९ जनाले बुझाए राजिनामा 

Capture-1694824087.JPG

३० भदौ, हेटौंडा । बुधबारको घटनाले काम गर्ने वातावरण नरहेको भन्दै हेटौंडा अस्पतालमा कार्यरत ७९ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सामुहिक राजिनामा दिएका छन् ।
उनीहरुले स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले सामुहिक राजीनामा बुझाएको जनाएका छन् । उनीहरुले अस्पतालका मेसु डाक्टर सापकोटालाई राजिनामा बुझाएका हुन् ।
घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही नगरे डा. सापकोटा आफुले समेत उक्त राजीनामा पत्रमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताए ।
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले स्वास्थ्य संस्थाहरु बन्द गरेर आन्दोलन गर्दा धेरै सेवाग्राही मर्कामा पर्ने भएकाले चिकित्सकहरुलाई आफनो काममा फर्किन आग्रह गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै प्रजिअ सेढाईँले चिकित्सकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।
यस्तै उनले चिकित्सकलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले गलत गर्ने कसैलाई पनि नछोड्नो दावी गर्दै चिकित्सकहरुमाथीको कुटपिटको घटनालाई आफुले गम्भिरतापूर्वक लिएको बताए ।


घटनाको बिरोधमा हेटौंडाका स्वास्थ्य संस्थाको आकस्मिक बाहेक सबै सेवा बन्द 
चिकित्सक कुटपिट घटनाको बिरोधमा शुक्रबार हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको छ । 
हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मीक बाहेका सबै सेवा प्रवाह बन्द गरिएको हो । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले पनि शुक्रबार आकस्मीक र फार्मेसि बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हेटौंडा अस्पतालका मेसु डाक्टर रामचन्द्र सापकोटाले बताए ।
बुधबारको घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्न सक्ने मनस्थितिमा नरहेका उनको भनाई छ । घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहे पनि ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द रहेको डा. सापकोटाले जानकारी दिए । 
डाक्टर सापकोटाले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले तदारुकता नदेखाउँदा स्वास्थ्यकर्मीहरू त्रासमा रहेको दाबी गरे । उनले घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म आफूहरू पूर्ण रूपमा काममा फर्कन नस्कने बताए  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार